तेलंगानामा वर्षा र बाढीले गर्‍यो धनजनको क्षति

हैदराबाद- भारतको तेलंगानामा राज्यमा ठुलो झरी र बाढीले राज्यलाई लगभग ८ हजार करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको त्यहाँका मुख्यमन्त्री के चन्द्रशेखर रावले जानकारी दिएका छन् । मुख्यमन्त्री रावले यस संकटबाट निस्कन प्रधानमन्त्री मोदीलाइ पत्र लेखेर १३५० करोड भारु सहायता रकम माग गरेका छन् ।

तेलंगानामा झरी र भीषण बाढीका कारण हालसम्म ३० जनाको ज्यान गइसकेको छ । कयौँ सड़क भासिएका छन् भने कही कार पुरै डुबेका छन्, कयौँ घर पानीमा डुबेका छन् । अमर उजालाका अनुसार हैदराबादमा मात्रै १५ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक दुई महिने शिशु पनि छन् ।