बुधबार, मंसिर २५, २०७६ | Wednesday, December 11, 2019

काठमाडौँ
नीजि सवारी साधन भाडामा लगाउन किन नपाइने ?   * श्रोत नखुलेको सम्पत्तिमा छोरा र बाउ पक्राउ   * भोली धान्यपूर्णिमा, योमरी पुन्ही र उधौली पर्व मान्नेका लागि सार्वजनिक विदा   * आयोगकाे सुझावहरु समावेश नगरी शिक्षा नीति सार्वजनिक (पूर्णपाठसहित)   * नेपाल–भारत सीमा विवादको कारण नेपाल चीन हिमचिम   * विश्व शक्ति रुसलाई खेल क्षेत्रमा ठूलो झड्का विश्वकप र ओलम्पिक खेल्न नपाउने   * सातौँ अन्तरराष्ट्रिय लोकवार्ता सम्मेलन हुँदै   * सैन्य शिविर बाहिर विस्फोट, एकको मृत्यु, ५० घाइते   * पिता बने हाँस्यकलाकार कपिल शर्मा   * बिहेमा जान्छु भनी घरबाट निस्केका युवा मृत फेला   *
बुधबार, मंसिर २५, २०७६ Wednesday, December 11, 2019
अर्थ वाणिज्य

मर्जरमा जाने सहकारीलाई ३ वर्ष कर छुट हुने : कामपा सहकारी विभाग प्रमुख ढकाल

महिनामा सरदर १५ वटा जति उजुरी विभागमा आउने गरेको

२७-कार्तिक-२०७६ | १२:३५:२५ pm

काठमाडौं। काठमाडौं महानगरपालिका कार्यक्षेत्र भएका सहकारी संस्था एकिकरणमा गएमा कर छुटको विशेष सुविधा हुने भएको छ ।
सहकारी ऐन २०७४ जारी भएपछि स्थापना भएको काठमाडौं महानगरपालिका सहकारी विभागका प्रमुख नमराज ढकालले ‘काठमाडौं महानगरपालिकाले आफू अन्तर्गतका एकीकरणमा जाने सहकारीलाई ३ वर्ष कर छुटको व्यवस्था गरिएको छ’ जानकारी दिएको छ ।

सहकर्मी मिडियाकर्मी संग कुरा गर्दै ढकालले सो कुरा बताउनु भएको हो । ‘आफ्नो नियमित कार्यक्रम सञ्चालन गरिरहेको काठमाडौं महानगरपालिकाको सहकारी विभागले सहकारी शिक्षामा जोड , सहकारी निरीक्षण तथा अनुगमनमा प्रभावकारिता र सहकारीको प्रतिस्पर्धी क्षमता विकासको लागि सहकारी एकीकरणको कार्यक्रम अगाडि बढाइने छ’, उनको भनाई छ ।

काठमाडौं महानगरपालिका अन्तर्गत वित्तीय , बहुउद्देश्यीय , उत्पादन , उपभोक्ता र श्रमिक गरी १,८४८ वटा सहकारी संस्थाहरु सञ्चालनमा रहेको बताउदै उहाँले सहकारी ऐन , २०७४ बमोजिम काठमाडौं महानगरपालिका भित्र कार्यक्षेत्र भएका सहकारी संस्थाहरु काठमाडौं महानगरपालिका अन्तर्गत हस्तान्तरण भएपछि तिनीहरुको व्यवस्थित गर्ने कार्य भइरहेको छ , काठमाडौं महानगरपालिका वडा नं.१६ , बालाजूमा कार्यालय रहने गरी महिला श्रमिक सहकारी संस्था लि.र वडा नं.२९ , अनामनगरमा कार्यालय रहने गरी स्वावलम्बन श्रमिक सहकारी संस्था लि. दर्ता गरिएको र वित्तीय तथा बहुउद्देश्यीय बाहेकका उपभोक्ता , श्रमिक र उत्पादन सहकारी दर्ता सकिने बताउनुभयो ।

काठमाडौं महानगरपालिकाको सहकारी विभागले महानगरको सहकारी नियमावली जारी गर्ने कार्य के भइरहेको छ भन्ने जिज्ञाशा राख्दा उनले हाम्रो यस विभागले आफ्नो सहकारी नियमावलीको ड्राफ्ट तयार गरी सकेको छ । प्रदेश नं.३ को सहकारी नियमावली जारी भएपछि यसलाई जारी गर्ने तयारीमा हामी छौँ । प्रदेश नं। ३ को सहकारी नियमावली चाडै जारी हुने कुरा उहाँहरुले हामीलाई बताउनु भएकोले हामी त्यसको पर्खाईमा छौँ ।

‘यस विभागले पुष मसान्तभित्र वार्षिक साधारणसभा गरी वार्षिक साधारणसभा भएको १५ दिनभित्र प्रतिवेदन नबुझाउने आफू अन्तर्गतका सहकारी संस्थालाई कारवाही गर्ने गरेको छ साथै कसुर बचत फिर्ताको उजुरी परेमा तिनको छानविन गरी असुल उपर कारवाहीका लागि प्रहरीमा लेखी पठाउने गरिएको छ । यस्तो उजुरी महिनामा सरदर १५ वटा जति आउने गरेको छ’ ढकालको भनाई छ ।

यस विभागले आफू अन्तर्गतर्का सहकारीहरुको प्रतिवेदन कसरी बुझ्ने गरेको छ भन्ने प्रश्नको जवाफमा उहाँले काठमाडौं महानगरपालिका सहकारी विभागले संघीय अन्तर्गतको विभागले तयार पारेको सहकारी सूचना प्रणाली कोपोमिस सफ्ट्वेयरलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याएको छ । तिनीहरुको प्रतिवेदन यसै कोपोमिसको सफ्ट्वेयर मार्फत लिने गरिएको छ । तिनीहरुले आफ्नै कार्यालयमा बसेर यस विभागलाई यस सफ्टवेयर मार्फत आफ्नो प्रतिवेदन बुझाउन सक्छन् । यसरी हामी कहाँ आएको प्रतिवेदन नेपाल सरकार , भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गतको सहकारी विभागले आवश्यक ठानेमा हेर्न सजिलो संग सक्नेछ भनी स्पष्ट पारे ।

सम्बन्धित समाचार