बिहिबार, मंसिर ०५, २०७६ | Thursday, November 21, 2019

काठमाडौँ
निवर्तमान राज्यमन्त्री बुढाले दिए नवनियुक्त मन्त्रीलाई बधाई   * बेलुकी ६ बजेपछि उपनिर्वाचनको प्रचारप्रसारमा रोक   * ‘म अब पूरै ताते’ : प्रचण्ड   * मन्त्री पदका लागि दलाल बने भुसाल   * सन्धिका कुरा उल्लेख गर्दै नेपालले भारतलाई पठायो पत्र   * परराष्ट्रमन्त्री ज्ञवाली रसिया र सर्वियाको भ्रमणमा जाँदै   * नेकपाले आचारसंहिताको ठाडो उल्लंघन गर्यो : रमेश लेखक   * पूर्वसभामुख कृष्णबहादुर महरा पाटनमा   * सर्वोच्चले गर्‍यो एनसेलले नेपाललाई तिर्नुपर्ने अर्को लाभकरसम्बन्धी फैसला   * थाइल्याण्डमा ६.४ म्याग्नीच्युडको भूकम्प   *
बिहिबार, मंसिर ०५, २०७६ Thursday, November 21, 2019
समाचार

अर्जुनधारा धाममा कृत्रिम अङ्ग वितरण गरिने

२३-कार्तिक-२०७६ | ०३:३३:०८ pm

पूर्वको पशुपतिनाथको रुपमा सुप्रसिद्ध झापाको अर्जुनधारा जलेश्वरधाममा बालाचतुर्दशीको अवसर पारेर ३७ औँ वार्षिक अनुष्ठान हुने भएको छ । अनुष्ठानको उद्घाटन किराँत धर्मगुरु आत्मानन्द लिङ्देनले गर्नेछन्।

मङ्सिर २ देखि ९ गतेसम्म हुने धार्मिक अनुष्ठानमा यसपटक बामन पुराण, रुद्राभिषेक महायज्ञ, सद्विजारोपण, कृत्रिम अङ्ग प्रत्यारोपण, आँखा शिविरलगायतका कार्यक्रम गरिने भएको छ ।

हरेक वर्ष धाममा वार्षिक अनुष्ठान हुने गर्दछ । पहिलोपटक किराँत धर्मका गुरु लिङ्देनलाई अनुष्ठानको प्रमुख अतिथि बनाउने निर्णय गरिएको अर्जुनधारा जलेश्वरधाम समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिनुए।

किराँत धर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष डकेन्द्र सुब्बाले विश्वशान्ति र मानव जातिबीचको एकताका लागि अर्जुनधारा जलेश्वरधामले आयोजना गर्दै आएको धार्मिक अनुष्ठानमा किराँत धर्मका गुरु आत्मानन्द लिङ्देनलाई निमन्त्रणा गरेकोमा समस्त किराँत धर्मावलम्बी हर्षित भएको बताए।

“यसबाट नेपालीमा कायम रहेको धार्मिक सद्भाव र सहिष्णुतालाई अझ बलियो बनाउँछ”, किराँतधर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष सुब्बा भन्छन् । “जगद्गुरु शङ्कराचार्य हेमानन्द गिरी र जगद्गुरु मुमुक्षानन्द महाराजजी मङ्सिर ५ गते आउनेछन्।” भारतको कोलकातास्थित महावीर सेवा सदनको सहयोगमा मङ्सिर ५ देखि ७ गतेसम्म निःशुल्क आँखा शिविर र मङ्सिर १३ देखि २० गतेसम्म निःशुल्क कृत्रिम अङ्ग प्रत्यारोपण कार्यक्रम सञ्चालन गरिने धाम समितिका कोषाध्यक्ष मनोज जोशीले बताएका छन् । रासस

Leave a Reply

सम्बन्धित समाचार