बिहिबार, मंसिर ०५, २०७६ | Thursday, November 21, 2019

काठमाडौँ
निवर्तमान राज्यमन्त्री बुढाले दिए नवनियुक्त मन्त्रीलाई बधाई   * बेलुकी ६ बजेपछि उपनिर्वाचनको प्रचारप्रसारमा रोक   * ‘म अब पूरै ताते’ : प्रचण्ड   * मन्त्री पदका लागि दलाल बने भुसाल   * सन्धिका कुरा उल्लेख गर्दै नेपालले भारतलाई पठायो पत्र   * परराष्ट्रमन्त्री ज्ञवाली रसिया र सर्वियाको भ्रमणमा जाँदै   * नेकपाले आचारसंहिताको ठाडो उल्लंघन गर्यो : रमेश लेखक   * पूर्वसभामुख कृष्णबहादुर महरा पाटनमा   * सर्वोच्चले गर्‍यो एनसेलले नेपाललाई तिर्नुपर्ने अर्को लाभकरसम्बन्धी फैसला   * थाइल्याण्डमा ६.४ म्याग्नीच्युडको भूकम्प   *
बिहिबार, मंसिर ०५, २०७६ Thursday, November 21, 2019
समाचार

दुई नगरबीच १२ बुँदे समझदारी

२३-कार्तिक-२०७६ | ०३:३०:४४ pm

काठमाडौं । पोखरा र भरतपुर महानगरपालिकाबीच पर्यटन प्रवद्र्धनका लागि १२ बुँदे समझदारी भएको छ ।
पोखरामा शुक्रबार भएको एक कार्यक्रममा पोखराका मेयर मानबहादुर जिसी र भरतपुरकी मेयर रेनु दाहालबीच पर्यटन प्रवद्र्धधनका लागि द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
यस अघि पोखरा र भरतपुरबीच २०७२ जेठमा भगिनी सम्बन्धसमेत स्थापना भएको थियो ।

यस्ता छन,समझदारी
१. पोखरा र भरतपुरमा रहेका पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धन गर्नका लागि सहकार्य गर्ने ।

२. बुँदा नम्वर १ मा उल्लिखित सहकार्य गर्नका लागि दुवै महानगरले पर्यटनसँग सम्बन्धित सूचना तथा जानकारी एवं अध्ययन अनुसन्धानबाट पत्ता लागेका नयाँ बिषयहरुको बारेमा सूचना तथा जानकारीहरु आदान प्रदान गर्ने ।

३. पोखरा र भरतपुर महानगरपालिका जोड्ने पृथ्वीराजमार्ग र मुग्लिन नारायणगढ सडकलाई सुन्दर हाइवेको रुपमा विकास र सौन्दर्यीकरण गर्न संयुक्त पहल गर्ने ।

४. पोखरा र भरतपुरबीच सञ्चालन भइरहेका हवाईसेवा र सडक यातायात सेवालाई अझ विस्तार र सुदृढ गर्ने ।

५. पोखरा महानगरपालिकाले एक सडकलाई भरतपुर मार्ग र भरतपुर महानगरपालिकाले एक सडकलाई पोखरा मार्ग नामाकरण गर्ने ।

६. दुवै महानगरपालिकामा अवस्थित तालतलैया, नदी, रामसारमा सूचीकृत सम्पदाहरु जस्ता महत्वपूर्ण प्राकृतिक सम्पदाको संरक्षण र सम्बद्र्धन गर्न सहकार्य गर्ने ।

७. दुवै महानगरपालिकाका शहरलाई सफा, सुन्दर, स्वच्छ र पर्यटनमैत्री बनाउनका लागि प्लाष्टिकका झोला, सुर्तिजन्य पदार्थ, बोतल आदिबाट मुक्त क्षेत्र घोषणा गर्दै जाने नीति अवलम्वन गर्ने ।

८. दुवै महानगरपालिका बीच विकासका आफ्ना सफल र असफल अभ्यासबाट प्राप्त सिकाईको आदानप्रदान गरी सफल अभ्यासको अवलम्बन गर्नका लागि प्राविधिक सहयोेग समेत आदान प्रदान गर्ने ।

९. दुवै महानगरपालिकामा उद्योग तथा सेवा ब्यवसाय प्रबद्र्धन गर्नका लागि दुवै महानगरपालिकामा रहेका उद्योग तथा सेवा ब्यवसायहरुलाई आफना क्षेत्रमा सञ्चालन हुने मेला महोत्सवमा सहभागी गराइने ।

१०. राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटन प्रबद्र्धन एवं भ्रमण समेतका विषयहरु संयुक्त रुपमा अगाडि बढाउने साथै दुवै महानगरपालिकाको आधिकारिक वेवपेजमा लिंकेज समेत गर्ने ।

११. दुवै महानगपालिकामा पर्यटन गुरुयोजना, आवधिक योजना, विषयगत योजना, वार्षिक बजेट तथा कार्यक्रमहरु, नीति, निर्दे्िशका, कार्य्िवधि एंव अन्य प्रकाशनहरु आदानप्र्रदान गर्ने ।

१२. यस समझौताको आधारमा पोखरा र भरतपुरले आगामी दिनमा बिशेष कार्यक्रमहरुमा आमन्त्रित गर्ने एवं अन्य बिषयहरुमा पनि सहकार्य गरी अगाडि बढ्ने ।

Leave a Reply

सम्बन्धित समाचार