बिहिबार, मंसिर ०५, २०७६ | Thursday, November 21, 2019

काठमाडौँ
निवर्तमान राज्यमन्त्री बुढाले दिए नवनियुक्त मन्त्रीलाई बधाई   * बेलुकी ६ बजेपछि उपनिर्वाचनको प्रचारप्रसारमा रोक   * ‘म अब पूरै ताते’ : प्रचण्ड   * मन्त्री पदका लागि दलाल बने भुसाल   * सन्धिका कुरा उल्लेख गर्दै नेपालले भारतलाई पठायो पत्र   * परराष्ट्रमन्त्री ज्ञवाली रसिया र सर्वियाको भ्रमणमा जाँदै   * नेकपाले आचारसंहिताको ठाडो उल्लंघन गर्यो : रमेश लेखक   * पूर्वसभामुख कृष्णबहादुर महरा पाटनमा   * सर्वोच्चले गर्‍यो एनसेलले नेपाललाई तिर्नुपर्ने अर्को लाभकरसम्बन्धी फैसला   * थाइल्याण्डमा ६.४ म्याग्नीच्युडको भूकम्प   *
बिहिबार, मंसिर ०५, २०७६ Thursday, November 21, 2019
रोचक खबर

नेपाली पात्राेबाट एक महिना हटाउन माग

२३-कार्तिक-२०७६ | ०१:३०:३१ pm

पर्व परिवर्तन अभियान्ताले २०७७ सालबाट असोज महिना हटाउन सरकारसँग माग गरेका छन् । उनीहरुले २०७७ सालमा असोज महिना नहटाउने हो भने २०८० सालयता हटाउन नमिल्ने भन्दै २०७७ सालमै असोज महिना हटाउन माग गरेका छन् ।

विसं २०६७ मा मन्त्रिपरिषद्ले पनि अभियान्ताको मागबमोमि क्यालेन्डर परिवर्तन गर्ने निर्णय गरेको थियो । तर, तत्कालीन अवस्थामा यस विषयमा मत विभाजनका कारण मन्त्रिपरिषद्को उक्त निर्णय कार्यान्वयन हुन सकेको थिएन ।

मन्त्रिपरिषद्ले यो विषयको निर्णय गर्नुअघि विसं २०६४ मा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्ब सुधार राष्ट्रिय कार्यान्वयन समिति गठन गरी कार्य पनि अघि बढाएको थियो ।

भारत सरकारले अंग्रेजी तारेखसँग पात्रो मिलाइसकेको छ । उसले सन् १९५७ मार्च २२ मा भारत सरकारले पनि परम्परादेखि चल्दै आएको चन्द्रमास र सौर्यमासलाई २४ दिन अघि सारी सायन प्रणालीअनुसार परिवर्तन गरिसकेको छ ।

तर, नेपालमा सुधार गर्न लागिएको क्यालेण्डरको प्रकृति भने भारतको जस्तो नभएको अभियन्ता बताउँछन् । सायन र निरयण पद्दतिलाई समन्वय गरेर क्यालेण्डर परिवर्तन गर्दा कुनै पनि समस्या नहुने अभियन्ता तर्क गर्छन् ।

Leave a Reply

सम्बन्धित समाचार