बिहिबार, मंसिर ०५, २०७६ | Thursday, November 21, 2019

काठमाडौँ
निवर्तमान राज्यमन्त्री बुढाले दिए नवनियुक्त मन्त्रीलाई बधाई   * बेलुकी ६ बजेपछि उपनिर्वाचनको प्रचारप्रसारमा रोक   * ‘म अब पूरै ताते’ : प्रचण्ड   * मन्त्री पदका लागि दलाल बने भुसाल   * सन्धिका कुरा उल्लेख गर्दै नेपालले भारतलाई पठायो पत्र   * परराष्ट्रमन्त्री ज्ञवाली रसिया र सर्वियाको भ्रमणमा जाँदै   * नेकपाले आचारसंहिताको ठाडो उल्लंघन गर्यो : रमेश लेखक   * पूर्वसभामुख कृष्णबहादुर महरा पाटनमा   * सर्वोच्चले गर्‍यो एनसेलले नेपाललाई तिर्नुपर्ने अर्को लाभकरसम्बन्धी फैसला   * थाइल्याण्डमा ६.४ म्याग्नीच्युडको भूकम्प   *
बिहिबार, मंसिर ०५, २०७६ Thursday, November 21, 2019
अन्तर्राष्ट्रिय

मोदी सरकारकाे अपरिपक्व निर्णय

२३-कार्तिक-२०७६ | ११:४०:४५ am

भारतको भाजपा सरकारले भारतीय राष्ट्रिय कंग्रेस अध्यक्ष सोनिया गान्धी, राहुल गान्धी र प्रियंका गान्धी बाड्राले पाउँदै आएको विशेष सुरक्षा समूह (एसपीजी) को प्रबन्ध हटाउने निर्णय गरेको छ ।
गृह मन्त्रालयले उनीहरूलाई दिँदै आएको एसपीजी हटाएर जेड प्लस को सुरक्षा दिने निर्णय शुक्रबार गरेको हो । यसअघि एसीपीजी सुरक्षाअन्तर्गत गान्धी परिवारका तीनै जना सदस्यका लागि प्रत्येकका लागि ३ हजार जनाको विशेष तालिम प्राप्त सुरक्षा दस्ता खटिँदै आएको थियो ।

अब यस्तो सुविधा प्रधानमन्त्री नरेन्द्र मोदीका लागि मात्र हुनेछ । जेड प्लस सुरक्षामा केन्द्रीय अर्धसैनिक बलका सय जना खटिने गर्छन् । सन् १९८५ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको आफ्नै सुरक्षागार्डबाट हत्या गरिएपछि प्रधानमन्त्री र परिवारको सदस्यको सुरक्षाका लागि एसपीजीको गठन गरिएको थियो ।
देशको खर्च बचाउनका लागि मोदी सरकारले यस्तो निर्णय गरेको भएपनि यो निर्णय मोदीका लागि घातक हुन सक्छ । भारतको प्रमुख प्रतिपक्षी कांग्रेस आईका प्रमुख नेता इन्दिरा गांन्धी र राजीव गांन्धीलाई प्रधानमन्त्री भएकै बेलामा गोली हानिएको थियो । संजय गांधिको मृत्यु दुर्घटनामा भएको भनिए पनि त्यो आतंकी हमला हुन सक्छ ।
यस कारणले गांन्धी परिवार पहिलादेखि नै सुरक्षा खतरामा छ ।
यस्तो अवस्थामा मोदी सरकारले उनीहरुको सुरक्षा हटाएर अनावश्यक खतरा मोली रहेको छ । किनकी यो सुरक्षा हटाएको कारणले यो चिमा राहुल, प्रियंका वा सोनीया मध्ये कसैलाई केही भएमा कसैले आक्रमण गरेमा मोदीको राजनीति समाप्त हुन्छ ।
यसै सन्दर्भमा कांग्रेस आईले यस घटनाको विरोध गरीरहेको छ ।
‘प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह व्यक्तिगत घृणा र बद्लाको भावना र राजनीतिक प्रतिशोधमा अन्धो भएर जबरजस्ती गान्धी परिवारको एसपीजी सुरक्षा व्यवस्था फिर्ता गर्ने निर्णय लिएका हुन्,’ कंग्रेस प्रवक्ता रनदीपसिंह सुर्जेवालाले पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा भनेका छन् । सुर्जेवालाले तत्कालीन प्रधानमन्त्री अटलविहारी बाजपेयीले नै एसपीजी कानुन संशोधन गरेर गान्धी परिवारलाई त्यस्तो सुरक्षा व्यवस्था उपलब्ध गराएको तर, मोदी सरकारले त्यो हटाएर आफ्नो हैसियत देखाएको समेत आरोप लगाएका छन् ।
यसरी अटलले दिएको सुरक्षा मोदीले हरण गर्नु उनका लागि खतरा हुन सक्छ । किनकी कुनै घटना घटेमा सुरक्षा प्रमुख कारक हुने छ ।

Leave a Reply

सम्बन्धित समाचार