बिहिबार, मंसिर ०५, २०७६ | Thursday, November 21, 2019

काठमाडौँ
निवर्तमान राज्यमन्त्री बुढाले दिए नवनियुक्त मन्त्रीलाई बधाई   * बेलुकी ६ बजेपछि उपनिर्वाचनको प्रचारप्रसारमा रोक   * ‘म अब पूरै ताते’ : प्रचण्ड   * मन्त्री पदका लागि दलाल बने भुसाल   * सन्धिका कुरा उल्लेख गर्दै नेपालले भारतलाई पठायो पत्र   * परराष्ट्रमन्त्री ज्ञवाली रसिया र सर्वियाको भ्रमणमा जाँदै   * नेकपाले आचारसंहिताको ठाडो उल्लंघन गर्यो : रमेश लेखक   * पूर्वसभामुख कृष्णबहादुर महरा पाटनमा   * सर्वोच्चले गर्‍यो एनसेलले नेपाललाई तिर्नुपर्ने अर्को लाभकरसम्बन्धी फैसला   * थाइल्याण्डमा ६.४ म्याग्नीच्युडको भूकम्प   *
बिहिबार, मंसिर ०५, २०७६ Thursday, November 21, 2019
प्रदेश

भारतले ल्याएको राजनीतिक नक्साबारे बेखबरजस्तै हुनु नेपालको बाध्यता

२३-कार्तिक-२०७६ | ०७:१३:५८ am

यतिखेर भारतले जारी गरेको नयाँ राजनीतिक नक्साले देशभर नै चर्चा र परिचर्चा पाएको छ । त्यसमा पनि मुख्यतः राजनीतिक नक्सामा नेपालको सीमा मिचिएका क्षेत्रमा रहेका जिल्लामा अझ बढी छ । तर, नेपाल सरकार भने अझै बेखबरजस्तै छ ।

भारतले आफ्नो देशको राजनीतिक नक्सा जारी गरेसँगै नेपाली जनता अग्रसर भएका छन् । तर, नेपाल सरकारले दह्रो गरी भारतले नेपालको भूमि मिचेको हो भन्न नसकेको कुरा परराष्ट्र मन्त्रालयले यसबारे जारी विज्ञप्तिले गरेको छ ।

नेपाली जनता यस विषयलाई लिएर भारतप्रति निकै आक्रोशित देखिन्छन् । त्यसमा पनि लामो समयदेखि विवादास्पद मानिएको लिपुलेक रहको दार्चुलावासीले भारतको ज्यादतीलाई लिएर आफुहरु रगत बगाउन तयार रहेको बताउँदै आएका छन् ।

आफ्नो स्वार्थ र आफ्नालाई पदमा पुर्‍याउनका लागि यतिसम्म गर्न सक्ने सरकार देशको सीमा मिचिँदा लगभग बेखबरजस्तै छ । यसो भनिरहँदा बढी नै आलोचना गरेजस्तो होला तर, यथार्थ यही नै हो ।

राष्ट्रियताको विषय मुख्य देशको सीमाना नै हुन्छ । सर्वप्रथम देश रहे न अन्य सबै चिज रहन्छन् । राज्यले पनि पहिलो प्राथमिकता देशको सीमानालाई नै दिनुपर्ने हुन्छ ।

तर, सरकारले यसबारे सञ्चार मन्त्रीको अभिव्यक्ति र औपचारिकता निभाउन विवादास्पद विज्ञप्तिबाहेक देखिने र जनताले थाहा पाउने गरी अरु प्रक्रिया अघि बढाएको छैन ।

यसबारे साना दलले नेपालमाथि भारतले ज्यादती गर्‍यो भन्दै पार्टीको धारणा सार्वजनिक गरेका छन् । तर, यसबारे सत्तारुढ दल र प्रमुख नेपाली कांग्रेसले करिब एकहप्तासम्म पनि मुख खोलेर बोल्न सकेका छैनन् ।

यसबारे नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले भारतले नेपालको भूमि मिचेको भनी उल्लेख गर्दै आएका छन् ।

विगतमा नेपाल–भारतको सीमाको रुपमा रहेका जंगे पिलर अहिले भारतको विहारको गलगलियास्थित डागुजोत अर्धसैनिक बल (एसएसबी) ले काँडेतारभित्र कब्जा गरेर राखेको छ ।

पहिले जंगे खम्बासम्म नेपालको भूमि रहेको अहिले पनि उक्त स्थानका स्थानीयले बताउँदै आएका छन् ।
त्यस्तै, २०५८ देखि भद्रपुरनजिकको १ नम्बर र साबिक महेशपुर गाविसको ३ नम्बर जंगे स्तम्भ एसएसबीले घेरेको छ ।

१० वर्षअघि सीमा र स्तम्भको संयुक्त निरीक्षण र अनुगमन भएको थियो । अनुगमनपछि तयार पारिएको प्रतिवेदनमा एसएसबीले अन्तर्राष्ट्रिय सीमा कानुनविपरीत दशगजामै क्याम्प खडा गरेको छ ।

त्यस्तै, जिल्ला प्रशासन, सशस्त्र प्रहरीको सीमा सुरक्षा बल, जिल्ला प्रहरी, राष्ट्रिय अनुसन्धान, नापीसहितका प्रतिनिधि सम्मिलित टोलीले २०६७ माघ २० देखि फागुन १ सम्म झापास्थित सीमास्तम्भ निरीक्षण गर्‍यो ।

उक्त परीक्षणले पनि भारतीय एसएसबीले दशगजामै बसेको खुलेको थियो । तर, नेपाल सरकार यसबारे अहिलेसम्म बेखबरजस्तै छ ।
हुन त देशको सीमानालाई लिएर भारतले विगतदेखि नै हेपाह प्रवृत्ति देखाउँदै आएको छ ।

उसले आफ्नो सुरक्षा बल एसएसबीलाई विवादितस्थल नेपालभारत सीमा दशगजामै क्याम्प बनाइ बसाउँदै आएको थियो । सीमा निर्धारण गर्दा भएको सम्झौताबमोजिम दुई देशबीच रहेका सीमास्थल दशगजा दुवै पक्षबाट भौतिक रुपमा उपयोग गर्न नपाउने भूभाग हो ।

केही वर्ष अघि नेपाली टोलीले झापा–इलामको सीमावर्ती बाहुनडाँगीस्थित तिरिङदेखि खजुरगाछीसम्म अनुगमन गरेको थियो । त्यस क्रममा साना, मझौला र ठूला गरी कुल ८ सय ७३ स्तम्भ हराएको भनी उक्त प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

समग्रमा भारतले नेपालको भूमि आफ्नो वशमा पार्नका लागि विगतदेखि धिरेधिरे रुपमा अघि बढेको, नेपाल भने यस विषयमा विगतदेखि नै बेखबर झै हुँदै आएको देखिन्छ ।

तर, पछिल्लो समय उसले औपचारिक रुपमै आफ्नो देशको राजनीतिक नक्सा बाहिर ल्यायो जसले गर्दा नेपाल यतिखेर उक्त नक्साको विषयलाई निल्नु न ओकल्नु भएको छ ।

Leave a Reply

सम्बन्धित समाचार