बिहिबार, मंसिर ०५, २०७६ | Thursday, November 21, 2019

काठमाडौँ
निवर्तमान राज्यमन्त्री बुढाले दिए नवनियुक्त मन्त्रीलाई बधाई   * बेलुकी ६ बजेपछि उपनिर्वाचनको प्रचारप्रसारमा रोक   * ‘म अब पूरै ताते’ : प्रचण्ड   * मन्त्री पदका लागि दलाल बने भुसाल   * सन्धिका कुरा उल्लेख गर्दै नेपालले भारतलाई पठायो पत्र   * परराष्ट्रमन्त्री ज्ञवाली रसिया र सर्वियाको भ्रमणमा जाँदै   * नेकपाले आचारसंहिताको ठाडो उल्लंघन गर्यो : रमेश लेखक   * पूर्वसभामुख कृष्णबहादुर महरा पाटनमा   * सर्वोच्चले गर्‍यो एनसेलले नेपाललाई तिर्नुपर्ने अर्को लाभकरसम्बन्धी फैसला   * थाइल्याण्डमा ६.४ म्याग्नीच्युडको भूकम्प   *
बिहिबार, मंसिर ०५, २०७६ Thursday, November 21, 2019
अन्तर्राष्ट्रिय

भारतले जारी गरेको नक्साप्रति गैरआवासीय नेपालीको आपत्ति

२३-कार्तिक-२०७६ | ०४:४१:४० am

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पनि भारतले जारी गरेको नयाँ नक्साप्रति आपत्ति जनाएको छ।

शुक्रबार संघका अध्यक्ष कुमार पन्तले एक प्रेस विज्ञप्ति जारी गर्दे भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागकमा समेटेको प्रति एनआरएनएको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

 

जारी विज्ञप्तिमा भनिएको छ, ‘भारत सरकारको यो कार्यबाट विश्वभर छरिएर रहेका नेपालीहरु क्षुब्द भएका छन्। दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरु, कूटनीतिक माध्यमबाट वार्ताद्वारा दुवै पक्षाको सहमतिमा ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा टुङ्ग्याउनुको सट्टा एकपक्षीय ढंगबाट चालिएको कदमको भत्सर्ना गर्दछौँ।’

 

एनआरएनएले नेपालको सीमामाथि भारतीय हस्तक्षेप सह्य नभएको भन्दै मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार, आम नेपाली नागरिक एवं विदेशस्थित गैरआवासीय नेपाली समुदाय एकसाथ उभिनु पर्ने बताएको छ।

Leave a Reply

सम्बन्धित समाचार