मंगलबार, मंसिर ०३, २०७६ | Tuesday, November 19, 2019

काठमाडौँ
सुदूरपश्चिम, कर्णालीलगायत पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको झट्का   * कालापानीको बिषयमा प्रधानमन्त्री लगायत ६०१ जनालाई किन जेल नहाल्ने ?   * वर्तमान सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ – प्रदीप पौडेल   * निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणकारीकाे कब्जामा   * जीवन दर्शन !   * नयाँ ठाउँमा प्रदेशको राजधानी बनाउन उपयुक्त हुने : प्रचण्ड   * पूर्व राजाको क्लब चर्चाबारे हाँस्यकलाकार दिपकराज गिरी यसो भन्छन्   * ‘सरकार धाँधली गरेर भएपनि उपनिर्वाचन जित्ने कोशिसमा छ’: डा. महत   * कांग्रेसको नजरमा सरकारका २१ महिनाका २१ असफलता   * बिहान विद्यालय खोले कारवाही   *
मंगलबार, मंसिर ०३, २०७६ Tuesday, November 19, 2019
प्रदेश नं ७

अनसनरत डा.केसी सिकिस्त अवस्थामा , आपतकालीन स्थिति भएकोले अस्पतालमा लगियो

२२-कार्तिक-२०७६ | १०:२४:४२ pm

डडेल्धुरा । नेपालमा चिकित्सा शिक्षा क्षेत्रको सुधार लगायतका मागसहित १७ औं पटक डडेल्धुरा पुगेर अनसनमा बसेका डा.गोविन्द केसीको स्वास्थ्यमा गम्भिर समस्या देखा परेपछि आपतकालीन अवस्थामा जिल्ला अस्पतालमा उनलाई सारिएको छ । केसीका सहयोगी प्रशान्त ओलीका अनुसार चिकित्सकहरूको सुझावमा उनलाई जिल्ला अस्पतालमा सारिएको हो। केसीलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको हो।

जिल्लाको सदरमुकाम डडेल्धुरास्थित निर्मला भट्टको निजी निवासमा अनसन बसेका डा.केसीको स्वास्थ्यमा अचानक गम्भिर समस्या देखापरेपछि जनप्रतिनिधि, स्थानीय नागरिकको रोहबरमा अनसन बसेको पाँचौं दिनमा उनलाई अस्पताल सारिएको हो । हाल उनलाई डडेल्धुरा अस्पतालको इमरजेन्सी वार्डमा राखि उपचार गरिदैछ ।

डा। केसीको रेखदेखमा संलग्न स्वास्थ्यकर्मीहरुले उनको शारीरिक अवस्था कमजोर बन्दै गइरहेको उनलाई रिंगटा लाग्ने, शारीरिक क्षमतामा कमी आएको, भेटघाटका क्रममा पनि बोल्न नसक्ने अवस्था हुँदा उनलाई कुनै पनि बेला जे पनि हुन सक्ने बताएका छन् ।

आजै डा। केसीको समर्थनमा डा केसीका समर्थकले डडेल्धुरामा विशाल जनप्रदर्शन गरेका थिए । उनीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

यसैबीच डाक्टर केसिको जीवनरक्षाको माग गर्दै शनिबार डाक्टर केसीका समर्थकले माइतीघरमा प्रर्दशन गर्ने भएका छन् ।

Leave a Reply

सम्बन्धित समाचार