मंगलबार, मंसिर ०३, २०७६ | Tuesday, November 19, 2019

काठमाडौँ
सुदूरपश्चिम, कर्णालीलगायत पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको झट्का   * कालापानीको बिषयमा प्रधानमन्त्री लगायत ६०१ जनालाई किन जेल नहाल्ने ?   * वर्तमान सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ – प्रदीप पौडेल   * निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणकारीकाे कब्जामा   * जीवन दर्शन !   * नयाँ ठाउँमा प्रदेशको राजधानी बनाउन उपयुक्त हुने : प्रचण्ड   * पूर्व राजाको क्लब चर्चाबारे हाँस्यकलाकार दिपकराज गिरी यसो भन्छन्   * ‘सरकार धाँधली गरेर भएपनि उपनिर्वाचन जित्ने कोशिसमा छ’: डा. महत   * कांग्रेसको नजरमा सरकारका २१ महिनाका २१ असफलता   * बिहान विद्यालय खोले कारवाही   *
मंगलबार, मंसिर ०३, २०७६ Tuesday, November 19, 2019
प्रदेश नं ३

अबको ५३८ दिनमा खोकना बुढानिलकण्ठ मेट्रो रेल चल्ने

२२-कार्तिक-२०७६ | १०:१२:१४ pm

खोकनादेखि बुढानिलकण्ठसम्म मेट्रो रेल निर्माण गरिने भएको छ।

चोभारमा निर्माणाधिन सुक्खा बन्दरगाहलाई लक्षित गर्दै खोकनादेखि बुढानिलकण्ठ रुटमा मेट्रो रेल विकास गर्न लागिएको रेल विभागले जानकारी दिएको छ।

उनका अनुसार आगामी डेढ बर्ष भित्रमा विस्तृत आयोजना प्रतिवेदन डिपिआर तयार हुनेछ। डिपिआर तयार हुनासाथ निर्माणमा तत्कालै जाने विभागको योजना छ।

महाराजगंज देखि सातदोबाटो १२ किलोमिटर खण्डको फिजिविलिटीसम्भाव्यता अध्ययन गरिसकेको छ। यो खण्डमा डिपिआर निर्माण प्रक्रिया सुरु गर्ने तयारीमा छ भने महाराजगंजदेखि बुढानिलकण्ठ र सातदोबाटो खोकनाको फिजिलिविटी अध्ययन गर्न लागिएको छ।फिजिलिविटी रिपोर्ट तयार भएपछि डिपिआर र बाँकी निर्माणको प्रक्रियामा जाने तयारीमा विभाग छ।

खोकनाबाट सातदोबाटो रत्नपार्क महाराजगंज हुदै बुढानिलकण्ठ करिव २२ किलोमिटर मेट्रो रेल निर्माण गर्न लागिएको हो।

रेल विभागका अनुसार सर्फेस वा अण्डरग्राउण्ड कस्तो रेलमार्ग निर्माण बारेमा विस्तृत अध्ययनपछि मात्र जानकारी हुनेछ । मेट्रो रेल सर्फेस र अण्डरग्राउण्ड दुवैमा संचालन गर्न सकिन्छ।

Leave a Reply

सम्बन्धित समाचार