मंगलबार, मंसिर ०३, २०७६ | Tuesday, November 19, 2019

काठमाडौँ
सुदूरपश्चिम, कर्णालीलगायत पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको झट्का   * कालापानीको बिषयमा प्रधानमन्त्री लगायत ६०१ जनालाई किन जेल नहाल्ने ?   * वर्तमान सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ – प्रदीप पौडेल   * निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणकारीकाे कब्जामा   * जीवन दर्शन !   * नयाँ ठाउँमा प्रदेशको राजधानी बनाउन उपयुक्त हुने : प्रचण्ड   * पूर्व राजाको क्लब चर्चाबारे हाँस्यकलाकार दिपकराज गिरी यसो भन्छन्   * ‘सरकार धाँधली गरेर भएपनि उपनिर्वाचन जित्ने कोशिसमा छ’: डा. महत   * कांग्रेसको नजरमा सरकारका २१ महिनाका २१ असफलता   * बिहान विद्यालय खोले कारवाही   *
मंगलबार, मंसिर ०३, २०७६ Tuesday, November 19, 2019
समाचार

यूरिक एसिड बढ्दा के के नखाने ?

२२-कार्तिक-२०७६ | १०:००:४६ pm

डा. हेमराज कोइराला
१. माछा—मासु : यूरिक एसिड बढेकाहरुले रातो मासु, फल मासु, ठूला जनावरका मासु, हासको
मासु, टर्की को मासु मुुटु,कलेजो मिर्गौला र गिदी जस्ता भित्री अ‌गको मासु खान हुँदैन , रातो मासु र
भित्री मासुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा ज्यादा हुनेभएकाले यी पदार्थको सेवनले युरिक एसिडको
मात्रा बढ्दछ ।

२. समुन्द्री खाद्यान्न : विशेषगरी झिङ्गे माछा, प्राउन, लोवस्टोर , हेरि¨, ट्यूना,एन्कोभिज प्र्रजातीका
माछाहरु र अन्य समुन्द्री वनस्पति हरुबाट निर्मित खानेकुराहरुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा बढी
भएकाले यूरिक एसिड बढ्दा राम्रो मानिँदैन ।

३. मदिरा : युरिक एसिड बढ्दा रक्सि, ब्राण्डी, ≈वीस्की, रम जस्ता अल्कोहोलिक पेय सेवन सर्वथा
वर्जित छ । मदिरा जन्य पेयले शरीरमा यूरिक एसिडको मात्र बढाउनुको साथसाथैै शरिरमा बनेको
यूरिक एसिडलाई पिसाप बाट उत्सर्जन हुन पनि रोक्दछ ।

४ कोल्ड ड्रिङ्कस : कोकाकोला , पेप्सीकोला , स्प्राइट , फेण्टा, मिरिण्डा जस्ता कार्बोनेटेड र
मधुराकृत पेय हरुले यूरिक एसिडलाई बढाउछ । फ्रूूक्टोज–स्वीटण्ड– ड्रिङ्कस मह पानी ,सोडापानी पनि
यूरिक एसिडका लागि राम्रो होइन । यी पेयहरुमा प्रचूर मात्रामा फ्रूूक्टोज पाइन्छ । प्रूूmक्टोजले एटीपी
लाई एएमपीमा तोडेर यूरिक एसिडको उत्पादनलाई बढावा दिन्छ ।

५. दाल , गेडागुडि : दाल तथा गेडागुडिमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल पाइन्छ । यो
अम्ल उपयोग पश्चात शरिरमा प्रशस्त यूरिक एसिड बन्छ ।

६. कुरिलो, फूलकोबी, बन्दाकोबी, पालु‌‌गाे , च्याउ र गोलभेंडा जस्ता सागपातमा अन्य सागपातमा
भन्दा धेरै प्यूरिन पाइन्छ । यसका अलावा यी फलफूल र तरकारीमा आक्जलेट को मात्रा पनि ज्यादा
पाइन्छ ।

७। जंक फूड : जंकफूड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ । यसका अलावा
जंकफूड मा हालिएको प्रीजरभेटीभले पनि रगतमा यूरिक एसिडको मात्रालाई बढाउन र गौट बाथको
विकृततालाई बढाई समस्या ल्याउन सक्छ । जंकफूड ज्यादा खादा तौल बढ्न गई यूरिक एसिड बढ्ने
समस्या आउछ ।

८. अचार (पुरानो) तामा , गुन्द्रुकसिन्की पनि यूरीक एसिडका लागि राम्रो होइन ।

मेडिकल डाइरेक्टर,
योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय
भरतपुर—१, वागीश्वरी, देवघाटधाम, चितवन, नेपाल । हाम्रो डक्टर

Leave a Reply

सम्बन्धित समाचार