मंगलबार, मंसिर ०३, २०७६ | Tuesday, November 19, 2019

काठमाडौँ
सुदूरपश्चिम, कर्णालीलगायत पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको झट्का   * कालापानीको बिषयमा प्रधानमन्त्री लगायत ६०१ जनालाई किन जेल नहाल्ने ?   * वर्तमान सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ – प्रदीप पौडेल   * निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणकारीकाे कब्जामा   * जीवन दर्शन !   * नयाँ ठाउँमा प्रदेशको राजधानी बनाउन उपयुक्त हुने : प्रचण्ड   * पूर्व राजाको क्लब चर्चाबारे हाँस्यकलाकार दिपकराज गिरी यसो भन्छन्   * ‘सरकार धाँधली गरेर भएपनि उपनिर्वाचन जित्ने कोशिसमा छ’: डा. महत   * कांग्रेसको नजरमा सरकारका २१ महिनाका २१ असफलता   * बिहान विद्यालय खोले कारवाही   *
मंगलबार, मंसिर ०३, २०७६ Tuesday, November 19, 2019
समाचार

सरकारी नम्बर प्लेटको मोटरसाइकल सीमाक्षेत्रमा लागूऔषध ल्याउन प्रयोग

२२-कार्तिक-२०७६ | ०४:३९:४८ pm

विराटनगर । सरकारी नम्बर प्लेटको मोटरसाइकल अवैध धन्दामा प्रयोग भएको पाइएको छ ।

अवैध लागूऔषध ओसारपसारमा उक्त मोटरसााइकल प्रयोग गरेको अवस्थामा सप्तरी राजबिराज नगरपालिका– २ राजदेब टोलका २६ वर्षिय कपिल यादबलाई विराटनगर महानगरपालिका– १५ भन्सार कार्यालयको १ नं. ढाटबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका यादवले स १ ब १४१० नम्बरको सरकारी नम्बर प्लेट भएको मोटरसाईकल प्रयोग गरि लागूऔषध ल्याउने क्रममा लागूऔषध नियन्त्रण व्यूरो विराटनगरको विशेष टोलीले पक्राउ गरेको मोरङ प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।

यादवले लागूऔषध ल्याउन प्रयोग गरिएको मोटसाइकल डिभिजन वन कार्यालय उदयपुरको रहेको बुझिएको छ । कपिलका बावु सत्यनारयण यादव डिभिजन वन कार्यालय उदयपुरका अधिकृत हुन् ।

वावुले प्रयोग गर्ने सरकारी नम्बर प्लेटका मोटसाइकल लिएर गएको आइतबार कपिल जोगवनी आएका थिए । लागूऔषध लिएर गन्तब्यतर्फ फर्किने क्रममा प्रहरीले चेकजाचको क्रममा यादबलाई पक्राउ गरिएको हो । कम्मर पेटीको लाईनमा लुकाई छिपाई ल्याएको अवैध लागूऔषध यादवको साथबाट प्रहरीले बरामद गरेको हो ।

प्रहरीले उनको साथबाट डाईजेल्याब ८ एम्पुल, एभिल ८ एम्पुल र लुपिजेसिक ८ एम्पुल गरी जम्मा २४ एम्पुल अवैध लागूऔषध बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ ।

Leave a Reply

सम्बन्धित समाचार