मंगलबार, मंसिर ०३, २०७६ | Tuesday, November 19, 2019

काठमाडौँ
सुदूरपश्चिम, कर्णालीलगायत पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको झट्का   * कालापानीको बिषयमा प्रधानमन्त्री लगायत ६०१ जनालाई किन जेल नहाल्ने ?   * वर्तमान सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ – प्रदीप पौडेल   * निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणकारीकाे कब्जामा   * जीवन दर्शन !   * नयाँ ठाउँमा प्रदेशको राजधानी बनाउन उपयुक्त हुने : प्रचण्ड   * पूर्व राजाको क्लब चर्चाबारे हाँस्यकलाकार दिपकराज गिरी यसो भन्छन्   * ‘सरकार धाँधली गरेर भएपनि उपनिर्वाचन जित्ने कोशिसमा छ’: डा. महत   * कांग्रेसको नजरमा सरकारका २१ महिनाका २१ असफलता   * बिहान विद्यालय खोले कारवाही   *
मंगलबार, मंसिर ०३, २०७६ Tuesday, November 19, 2019
राजनीति

लिपुलेकबारे सरकार कडा रुपमा उत्रन्छ : बाँस्कोटा

२२-कार्तिक-२०७६ | ०३:५२:२० pm

नेपाल सरकार प्रवक्ता तथा सूचना सञ्चार मन्त्री गोकुल बाँस्कोटाले लिपुलेकको भूमिको रक्षाको निम्ति सरकार जस्तोसुकै कदम चाल्न तयार रहेको उनले बताएका छन् ।

साथै, बाँस्कोटाले लिपुलेक क्षेत्र बारेमा सरकार चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

‘यदि कतैबाट यस्तो गतिविधि भएमा सरकार र यहाँका नेपाली जनता चुप लागेर बस्दैनन्,’ उनले भने, आकार वा प्रकार, सामथ्र्य आर्थिक तथा सामरिक सामाथ्र्यका हिसाबले कुनै देश ठूला र साना भए पनि कुनै पनि देशको सार्वभौम सत्ता सानो र ठूलो हुनै सक्दैन ।’

उनले सार्वभौम सत्ता समान आधारमा अन्तर्राष्ट्रियस्तरमा स्थापित गरेरै छोडने प्रतिबद्धता गरेका छन् । उनले बेलाबेलामा आउने यस्ता धक्काबाट नतर्सिन उनले आग्रह गरेका छन् ।

साथै उनले सरकारले यथोचित कदम चाल्ने र त्यो कदम स्वाभाविक रुपमा कूटनीतिक र राजनीतिक तहबाट हुनुपर्ने बताए ।
‘कसैले बलको तागत नदेखाए हुन्छ,’ उनले भने, ‘संसारमा क्षेप्यास्त्र बोकेर कसैले लडाइँ जितेको छैन ।’

Leave a Reply

सम्बन्धित समाचार