मंगलबार, मंसिर ०३, २०७६ | Tuesday, November 19, 2019

काठमाडौँ
सुदूरपश्चिम, कर्णालीलगायत पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको झट्का   * कालापानीको बिषयमा प्रधानमन्त्री लगायत ६०१ जनालाई किन जेल नहाल्ने ?   * वर्तमान सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ – प्रदीप पौडेल   * निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणकारीकाे कब्जामा   * जीवन दर्शन !   * नयाँ ठाउँमा प्रदेशको राजधानी बनाउन उपयुक्त हुने : प्रचण्ड   * पूर्व राजाको क्लब चर्चाबारे हाँस्यकलाकार दिपकराज गिरी यसो भन्छन्   * ‘सरकार धाँधली गरेर भएपनि उपनिर्वाचन जित्ने कोशिसमा छ’: डा. महत   * कांग्रेसको नजरमा सरकारका २१ महिनाका २१ असफलता   * बिहान विद्यालय खोले कारवाही   *
मंगलबार, मंसिर ०३, २०७६ Tuesday, November 19, 2019
अन्तर्राष्ट्रिय

क्यालिफोर्नियामा सानो विमान दुर्घटना, जहाज चालकको निधन

२२-कार्तिक-२०७६ | ०३:५७:५१ pm

लस एन्जलस । अमेरिकी राज्य क्यालिफोर्नियाको दक्षिणी भूभागमा बिहीबार एक सानो विमान मानव बस्तीमा खसेर दुर्घटना भएको छ ।

उक्त दुर्घटनापछि सो विमानका चालकको पनि मृत्यु भएको छ । उक्त विमान आवासीय भवनको छतमा खसेको थियो ।
विमान छतमा खस्नासाथ घरमा आगो लाग्ने त्रासले अग्निनियन्त्रकहरु सो क्षेत्रमा तत्कालै पुगेका थिए । उक्त विमान अपल्याण्डको केबल विमानस्थलबाट उडेको थियो ।

प्रत्यक्षदर्शीहरुले उक्त विमान निकै होचोगरी उडेको र बस्तीको एक घरको छतमा ठोक्किन पुगेको बताएका छन् ।
त्यस घरमा एकजना पुरुष र उनको छोरा बसेका थिए । विमान छतमा ठोक्किएपछि उनीहरु भने भाग्न सफल भएको स्थानीय टेलिभिजनले जनाएको छ ।
एकमात्र इन्जिन भएको सो विमान एसआर २२ नामको सानो विमान हो । उक्त विमानको दुर्घटनाको कारण भने पत्ता लागेको छैन । सिन्ह्वा

Leave a Reply

सम्बन्धित समाचार