मंगलबार, मंसिर ०३, २०७६ | Tuesday, November 19, 2019

काठमाडौँ
सुदूरपश्चिम, कर्णालीलगायत पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको झट्का   * कालापानीको बिषयमा प्रधानमन्त्री लगायत ६०१ जनालाई किन जेल नहाल्ने ?   * वर्तमान सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ – प्रदीप पौडेल   * निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणकारीकाे कब्जामा   * जीवन दर्शन !   * नयाँ ठाउँमा प्रदेशको राजधानी बनाउन उपयुक्त हुने : प्रचण्ड   * पूर्व राजाको क्लब चर्चाबारे हाँस्यकलाकार दिपकराज गिरी यसो भन्छन्   * ‘सरकार धाँधली गरेर भएपनि उपनिर्वाचन जित्ने कोशिसमा छ’: डा. महत   * कांग्रेसको नजरमा सरकारका २१ महिनाका २१ असफलता   * बिहान विद्यालय खोले कारवाही   *
मंगलबार, मंसिर ०३, २०७६ Tuesday, November 19, 2019
प्रदेश नं २

आलाम काण्डका लागि रौतहट प्रहरीले इन्टरपोलकाे सहयोग लिने

२२-कार्तिक-२०७६ | ०३:२५:२७ pm

काठमाडौं ।  आलाम काण्डमा रौतहट प्रहरीले इन्टरपोललको सहयोग लिने भएको छ ।

रौतहट जिल्ला प्रहरीले पूर्वसशस्त्र प्रहरी उपरीक्षक (एसपी) रामकृष्ण लामालाई इन्टरपोलमार्फत उपस्थित गराउन अनुरोध गरेको छ ।
उसले प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखालाई पत्राचार गरेको छ ।

२७ चैत २०६४ मा रौतहटमा भएको विस्फोटमा घाइते भएकाहरूलाई जलाएर मारेको घटनाकाे अनुसन्धान अधिृकत, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक पपु नायकले १५ कात्तिकमा शाखालाई पत्रचार गरेर लामालाई उपस्थित गराइदिन अनुरोध गरेका थिए ।

ललितपुर उपमहानगरपालिका–१३ निवासी सशस्त्र प्रहरीका पूर्वएसपी लामालाई झिकाउन रौतहट प्रहरीले सुरुमा महानगरीय प्रहरी वृत्त सातदोबाटोलाई पत्राचार गरेको थियो ।

तर, सातदोबाटो वृत्तले पूर्वएसपी लामा घरमा नरहेको र ६ महीनादेखि हङकङमा रहेको जानकारी पठाएपछि रौतहट प्रहरीले उनलाई झिकाउन इन्टरपोल शाखालाई पत्राचार गरेको हो ।

पत्रमा उक्त घटनाको अनुसन्धानको क्रममा ‘वारदातको समयमा घटनासँग जोडिएका जिम्मेवार उच्चपदस्थ अधिकारीहरू समेतलाई बुझ्न आवश्यक देखिएको भन्दै पूर्वएसपी लामालाई झिकाउन आदेश दिएकाे हाे ।

एक तथ्यअनुसार  २७ चैत २०६४ मा रौतहटको साबिक राजपुर फरहदवा–४ स्थित शेख ईद्रिशको गोठ घरमा २८ चैतमा हुने सविधानसभाको चुनावलाई लक्षित गर्दै धाँधली गरी चुनाव जित्नको लागि प्रतिवादीहरूले बिष्फोटक पदार्थ स्टोर गरी बम बनाउने क्रममा बम बिष्फोट हुँदा उक्त घटनामा घाइते तथा मृतकहरूलाई नजिकैको इँट्टाभट्टामा लगी जलाएको भन्ने घटनाको अनुसन्धानको लागि…’ पूर्व एसपी लामालाई झिकाइदिन भनिएको छ ।

पूर्वएसपी लामा रौतहट हत्याकाण्डमा कसरी जोडिन पुगेका हुन् र उनीसँग के बुझ्न खोजिएको हो भन्नेबारे भने पत्रमा खुलाइएको छैन ।

पूर्वप्रहरी अधिकृतलाई इन्टरपोलमार्फत झिकाउन थालिएको प्रयासबारे रौतहट प्रहरी र इन्टरपोल शाखाले भने कुनै प्रतिक्रिया दिन मानेन ।

 

Leave a Reply

सम्बन्धित समाचार