मंगलबार, मंसिर ०३, २०७६ | Tuesday, November 19, 2019

काठमाडौँ
सुदूरपश्चिम, कर्णालीलगायत पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको झट्का   * कालापानीको बिषयमा प्रधानमन्त्री लगायत ६०१ जनालाई किन जेल नहाल्ने ?   * वर्तमान सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ – प्रदीप पौडेल   * निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणकारीकाे कब्जामा   * जीवन दर्शन !   * नयाँ ठाउँमा प्रदेशको राजधानी बनाउन उपयुक्त हुने : प्रचण्ड   * पूर्व राजाको क्लब चर्चाबारे हाँस्यकलाकार दिपकराज गिरी यसो भन्छन्   * ‘सरकार धाँधली गरेर भएपनि उपनिर्वाचन जित्ने कोशिसमा छ’: डा. महत   * कांग्रेसको नजरमा सरकारका २१ महिनाका २१ असफलता   * बिहान विद्यालय खोले कारवाही   *
मंगलबार, मंसिर ०३, २०७६ Tuesday, November 19, 2019
राजनीति

आलमविरुद्ध अर्को मुद्दा दायर गर्ने तयारी

२२-कार्तिक-२०७६ | ०२:५१:३९ pm

काठमाडौं । रौतहटको सामूहिक हत्याकाण्डका मुख्य अभियुक्त पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्ध अर्को मुद्दा अघि बढाउने तयारी भएको छ । उनलाई सम्पत्ति शुद्धीकरण विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अघि अघि बढाउने तयारी गरेको हो ।

विभागले रौतहट जिल्ला अदालतलाई पत्र लेखेर थुनछेक बहसपछि आलम रिहा हुने भएमा आफूकहाँ बुझाउन पत्र लेखेसँगै उनीमाथि अर्को मुद्दा दायर गर्ने तयारी भएको हो ।

विभागको पत्रमा भनिएको छ, ‘ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान मुद्दा सम्मानित अदालतमा थुनछेक बहसको क्रममा रहेकाले उपयुक्त मुद्दामा निज प्रतिवादी छुटिजाने भए सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोक ललितपुरमा उपस्थित गराइदिने व्यवस्था हुन सादर अनुरोध गरिएको छ ।

२७ चैत २०६४ मा भएको सामूहिक हत्याकाण्डका मुख्य अभियुक्त आलम गत २६ असोजमा पक्राउ परेका थिए । उनीविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी अभियोगमा रौतहट जिल्ला अदालतमा दायर मुद्दामा थुनछेक बहस जारी छ ।

Leave a Reply

सम्बन्धित समाचार