मंगलबार, मंसिर ०३, २०७६ | Tuesday, November 19, 2019

काठमाडौँ
सुदूरपश्चिम, कर्णालीलगायत पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको झट्का   * कालापानीको बिषयमा प्रधानमन्त्री लगायत ६०१ जनालाई किन जेल नहाल्ने ?   * वर्तमान सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ – प्रदीप पौडेल   * निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणकारीकाे कब्जामा   * जीवन दर्शन !   * नयाँ ठाउँमा प्रदेशको राजधानी बनाउन उपयुक्त हुने : प्रचण्ड   * पूर्व राजाको क्लब चर्चाबारे हाँस्यकलाकार दिपकराज गिरी यसो भन्छन्   * ‘सरकार धाँधली गरेर भएपनि उपनिर्वाचन जित्ने कोशिसमा छ’: डा. महत   * कांग्रेसको नजरमा सरकारका २१ महिनाका २१ असफलता   * बिहान विद्यालय खोले कारवाही   *
मंगलबार, मंसिर ०३, २०७६ Tuesday, November 19, 2019
प्रदेश

सेनामा नक्कली प्रमाणपत्र छानबिन, दुई उपरथीद्वारा राजीनामा

२२-कार्तिक-२०७६ | ०८:१५:२४ am

काठमाडौं – नेपाली सेनाभित्र नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन प्रक्रिया अघिबढेपछि दुई उच्च अधिकारीले पदबाट राजीनामा दिएका छन् भन्ने खबर नागरिक दैनिकले लेखेको छ।

सेनामा लामो समयसम्म लेखा प्रमुखको जिम्मेवारीमा रहेका उपरथी (मेजर जर्नेल) भुवन अधिकारी र सिरिया फोर्स कमाण्डका अस्थायी नियुक्ति पूरा गरी फर्केका अर्का उपरथी (मेजर जर्नेल) शिवराम खरेलले राजीनामा दिएका हुन्।

स्रोतका अनुसार उनीहरुको नागरिकता र शैक्षिक प्रमाणपत्रका विषयमा जंगी अड्डामा परेको उजुरीमा छानबिन भइरहेको छ ।

अधिकारीको राजीनामापत्र मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ। उनीमाथी शक्तिको आडमा लामो समयदेखि लेखा प्रमुखमा रहेकर आर्थिक अनियमितता गरेको आरोपसमेत लागेको छ।

Leave a Reply

सम्बन्धित समाचार