मंगलबार, मंसिर ०३, २०७६ | Tuesday, November 19, 2019

काठमाडौँ
सुदूरपश्चिम, कर्णालीलगायत पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको झट्का   * कालापानीको बिषयमा प्रधानमन्त्री लगायत ६०१ जनालाई किन जेल नहाल्ने ?   * वर्तमान सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ – प्रदीप पौडेल   * निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणकारीकाे कब्जामा   * जीवन दर्शन !   * नयाँ ठाउँमा प्रदेशको राजधानी बनाउन उपयुक्त हुने : प्रचण्ड   * पूर्व राजाको क्लब चर्चाबारे हाँस्यकलाकार दिपकराज गिरी यसो भन्छन्   * ‘सरकार धाँधली गरेर भएपनि उपनिर्वाचन जित्ने कोशिसमा छ’: डा. महत   * कांग्रेसको नजरमा सरकारका २१ महिनाका २१ असफलता   * बिहान विद्यालय खोले कारवाही   *
मंगलबार, मंसिर ०३, २०७६ Tuesday, November 19, 2019
प्रदेश

कीर्तिपुरबाट अमेरिकन पेस्तोल र गोलीसहित तीन पक्राउ

२२-कार्तिक-२०७६ | ०७:४९:२७ am

नेपाल प्रहरीले गैरकानूनी हातहतियारसहित काठमाडौँको कीर्तिपुरबाट तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाका अनुसार अमेरिकन पेस्तोल र त्यसमा लाग्ने चार थान गोलीसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

काठमाडौँ उपत्यकाभित्र केही व्यक्तिले गैरकानूनीरुपमा साना हतियार पेस्तोलको कारोवार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा महाशाखाले देवेन्द्र भण्डारी, सुमन खड्का, मनोजकुमार बस्नेतलाई बल्खुबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुसँगै बा १७ च ८३६४ नम्बरको महेन्द्रा गाडीसहित पक्राउ गरेको हो । प्रहरीले कीर्तिपुरस्थित सुमन खड्काको घरमा इँटाले छोपी लुकाइराखेको अवस्थामा पेस्तोलको म्याग्जिनमा लोड भएको अवस्थामा गोली फेला पारेको हो ।

Leave a Reply

सम्बन्धित समाचार