बिहिबार, मंसिर ०५, २०७६ | Thursday, November 21, 2019

काठमाडौँ
निवर्तमान राज्यमन्त्री बुढाले दिए नवनियुक्त मन्त्रीलाई बधाई   * बेलुकी ६ बजेपछि उपनिर्वाचनको प्रचारप्रसारमा रोक   * ‘म अब पूरै ताते’ : प्रचण्ड   * मन्त्री पदका लागि दलाल बने भुसाल   * सन्धिका कुरा उल्लेख गर्दै नेपालले भारतलाई पठायो पत्र   * परराष्ट्रमन्त्री ज्ञवाली रसिया र सर्वियाको भ्रमणमा जाँदै   * नेकपाले आचारसंहिताको ठाडो उल्लंघन गर्यो : रमेश लेखक   * पूर्वसभामुख कृष्णबहादुर महरा पाटनमा   * सर्वोच्चले गर्‍यो एनसेलले नेपाललाई तिर्नुपर्ने अर्को लाभकरसम्बन्धी फैसला   * थाइल्याण्डमा ६.४ म्याग्नीच्युडको भूकम्प   *
बिहिबार, मंसिर ०५, २०७६ Thursday, November 21, 2019
अर्थ वाणिज्य

पक्राउ परे होण्डा कम्पनीका मालिक ज्योति ग्रुपका रुप ज्योति

२२-कार्तिक-२०७६ | ०४:२८:३२ am
विमानस्थलबाट राति यसरी पक्राउ परे व्यापारिक घराना ज्योति ग्रुपका रूप ज्योति !

काठमाडौं। ठगी मुद्दामा प्रतिष्ठित व्यापारिक घराना ज्योति ग्रुपका सदस्य होण्डा कम्पनीका मालिक भनिएर चिनिएका रुपज्योति कंसाकारलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसरको टोलीले बिहीबार राति साढे ८ बजे सिंगापुरबाट काठमाडौं आएका उनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार सिंगापुरबाट सिल्क एयरमा आएका रुपज्योतिलाई ओर्लनासाथ संगै आएकी उनकी छोरी सुरुचीलाई पनि प्रहरीले पक्राउ गरेको परिसरका डिएसपी होमिन्द्र बोगटीले वताए । उनलाई विमानस्थलबाट महानगरीय प्रहरी काठमाडौं लगिएको छ। रुप ज्योतिले छोरी सुरुचीको नाममा समेत कम्पनी खोलेर ठगी गर्दै आएका थिए। उनीहरु दुबै जनालाई काठमाडौं परिसरमा राखिएको छ ।

जापानी कम्पनी होण्डा मोटरसाइकलको नेपाली एजेण्ट भएर नाम कमाएका ज्योति ग्रुपले र ग्राण्डी हस्पिटल समेत संंचालन गरिरहेकोमा ल्यान्डमार्क डेभलपर्स प्रालिका नाममा हाउजिङ बनाउने भन्दै विभिन्न व्यक्तिहरुसँग करोडौैं रुपैयाँ ठगी गर्दै आएका शाहीकालिन पूर्वअर्थ सहायकमन्त्री एवं ज्योति ग्रुपका उपाध्यक्ष रूप ज्योति यसअघि अदालतमा सेटिङ मिलाएर जोगिंदै आएका थिए ।

जिल्ला अदालत काठमाडौंले दिएको आदेश कार्यान्वयन नगर्न माग गर्दै रूपज्योतिका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको रिट हिजो सर्वोच्चले खारेज गरेपछि रूपज्योतिलाई पक्राउ गर्ने बाटो खुलेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूपज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएको थियो ।

Leave a Reply

सम्बन्धित समाचार