मंगलबार, मंसिर ०३, २०७६ | Tuesday, November 19, 2019

काठमाडौँ
सुदूरपश्चिम, कर्णालीलगायत पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको झट्का   * कालापानीको बिषयमा प्रधानमन्त्री लगायत ६०१ जनालाई किन जेल नहाल्ने ?   * वर्तमान सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ – प्रदीप पौडेल   * निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणकारीकाे कब्जामा   * जीवन दर्शन !   * नयाँ ठाउँमा प्रदेशको राजधानी बनाउन उपयुक्त हुने : प्रचण्ड   * पूर्व राजाको क्लब चर्चाबारे हाँस्यकलाकार दिपकराज गिरी यसो भन्छन्   * ‘सरकार धाँधली गरेर भएपनि उपनिर्वाचन जित्ने कोशिसमा छ’: डा. महत   * कांग्रेसको नजरमा सरकारका २१ महिनाका २१ असफलता   * बिहान विद्यालय खोले कारवाही   *
मंगलबार, मंसिर ०३, २०७६ Tuesday, November 19, 2019
प्रदेश

जुवाघरमा मापसे र यौन शोषण सामान्य

२१-कार्तिक-२०७६ | १०:४२:०३ pm

काठमाडौं । केही समय यता काठमाडौका केहि पाँचतारे होटलमा सञ्चालन भइरहेका क्यासिनोमा कडाईका साथ नेपाली नागरिकलाई प्रवेश निषेध गरिएसँगै ठाउँ ठाउँमा संचालन भएका अबैध जुवा तास खेल्ने अखडाहरु मिनी क्यासिनोको रुपमा फष्टाउन थालेका छन् ।

जुवा तास खेल्न सौखिन जुवाडेहरु समूह बनाएर घर–घरमै जुवा खेल्न र खेलाउन थालेका छन् । राजधानीमा मात्र होइन, यो समस्या मोफसलका आर्थिक महत्वका रुपमा रहेका शहरलगायत भारतीय सीमा क्षेत्रमा समेत फैलिएको छ ।

प्रहरीका अनुसार, राजधानीका कतिपय स्थानमा घर तथा फ्ल्याट भाडामा लिइ सञ्चालन गरिएका जुवा घरमा महंगो खाले मादक पदार्थ र लागु पदार्थ संँगै खुलेयाम यौनधन्दा समेत हुने गरेको कुरा सामान्य जस्तै भइसकेको अनुसन्धानमा खटिएका प्रहरीबाट खुलासा भएको छ ।

प्रहरी अनुसन्धान अधिकारीहरु भन्छन्– जुन घरमा जुवा अखडाको रुपमा संचालन गरिएको हुन्छ त्यहाँ खेल्न आउने साहु महाजनको सेवा र सहयोगको लागि भन्दै राखिएको युवतीसँग धनाढ्य जुवाडेहरुले यौन शोषणसमेत गर्ने गरेका छन्।

विशेष गरी मिनी क्यासिनोको रुपमा जुवा खेलाउने व्यवसाय सञ्चालन गरिरहेको जुवाघरमा मिनी रेष्टुराँ एण्ड बार सरह विभिन्न ब्राण्डका मादक पदार्थ , स्न्याक्स देखि लिएरखाना र सुत्ने व्यवस्थासहित देह व्यापारका लागि राखिएको युवती समेत भेटिएको प्रहरीको कथन छ । जुवा अखडामा छापा मार्दा कतिपय स्थानबाट आपत्तीजनक अवस्थामा पुरुषसंग यौन धन्दामा लिप्त रहेका युवती समेत पक्राउ पर्ने गरेका प्रहरीले जानकारी दिएका छन् ।

Leave a Reply

सम्बन्धित समाचार