मंगलबार, मंसिर ०३, २०७६ | Tuesday, November 19, 2019

काठमाडौँ
सुदूरपश्चिम, कर्णालीलगायत पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको झट्का   * कालापानीको बिषयमा प्रधानमन्त्री लगायत ६०१ जनालाई किन जेल नहाल्ने ?   * वर्तमान सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ – प्रदीप पौडेल   * निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणकारीकाे कब्जामा   * जीवन दर्शन !   * नयाँ ठाउँमा प्रदेशको राजधानी बनाउन उपयुक्त हुने : प्रचण्ड   * पूर्व राजाको क्लब चर्चाबारे हाँस्यकलाकार दिपकराज गिरी यसो भन्छन्   * ‘सरकार धाँधली गरेर भएपनि उपनिर्वाचन जित्ने कोशिसमा छ’: डा. महत   * कांग्रेसको नजरमा सरकारका २१ महिनाका २१ असफलता   * बिहान विद्यालय खोले कारवाही   *
मंगलबार, मंसिर ०३, २०७६ Tuesday, November 19, 2019
न्याय/कानुन

अफताव आलम मुद्दाको थुनछेक बहस भाेली

२१-कार्तिक-२०७६ | ०४:४४:१५ pm

अमित ठाकुर,राैतहट । निलम्बित सांसद एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दाको बिहीबार दिउँसोबाट जिल्ला अदालत रौतहट, गौरमा सुरु भएको थुनछेक बहस भाेलीका लागी लम्बिएकाे छ ।

गत मंगलबारदेखि लिइएको बयान आज बिहीबार दिउँसो सकिएलगत्तै जिल्ला अदाललत रौतहटमा थुनछेक बहस सुरु भएको थियाे ।

जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा उनको बयान सकिएपछि बहस सुरु भएको थियो ।

पीडितको पक्षबाट थुनछेक बहस पहिलोपटक सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता खडिन्द्र राज कटुवालले गरेका थिए । थुनछेक बहस आज टुङ्गिन नसके पछी बहस भाेलीका लागी लम्विएकाे हाे ।

भाेलि पीडितको पक्षबाट पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौला, वरिष्ठ अधिवक्ता पुष्पराज पौडेल, आशिकराम कार्की, गोविन्द शर्मा बन्दी, ओमप्रकाश अर्याल, दिनेश त्रिपाठी र डा. कुमार शर्मा आचार्यले बहस गर्ने छन्।

Leave a Reply

सम्बन्धित समाचार