मंगलबार, मंसिर ०३, २०७६ | Tuesday, November 19, 2019

काठमाडौँ
सुदूरपश्चिम, कर्णालीलगायत पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको झट्का   * कालापानीको बिषयमा प्रधानमन्त्री लगायत ६०१ जनालाई किन जेल नहाल्ने ?   * वर्तमान सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ – प्रदीप पौडेल   * निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणकारीकाे कब्जामा   * जीवन दर्शन !   * नयाँ ठाउँमा प्रदेशको राजधानी बनाउन उपयुक्त हुने : प्रचण्ड   * पूर्व राजाको क्लब चर्चाबारे हाँस्यकलाकार दिपकराज गिरी यसो भन्छन्   * ‘सरकार धाँधली गरेर भएपनि उपनिर्वाचन जित्ने कोशिसमा छ’: डा. महत   * कांग्रेसको नजरमा सरकारका २१ महिनाका २१ असफलता   * बिहान विद्यालय खोले कारवाही   *
मंगलबार, मंसिर ०३, २०७६ Tuesday, November 19, 2019
गण्डकी प्रदेश

उपनिर्वाचन २०७६: कास्कीको वातावरण तात्याे

२१-कार्तिक-२०७६ | ०२:१८:५२ pm

नेपालीको महान् चाडबाड सकिएसँगै चुनावी वातावरणले फेरि कास्कीको वातावरणमा रौनकता थपिरहेको छ ।

आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा क्षेत्र नं २ को उपनिर्वाचनको सरगर्मीले कास्कीको वातावरण तातिरहेको छ ।

को उम्मेदवार हुने र कसले जनताको मन जितेर आफ्नो पोल्टामा विजयको माला लगाउने भन्ने चर्चा परिचर्चासँगै राजनीतिमा देखिएको नयाँ आयामको बहससमेत भइरहेको छ ।

राजनीतिमा पुरानो पृष्ठभूमिका अग्रजदेखि नयाँ र युवा उम्मेदवारको कारणले पनि कास्कीमा चुनावी चर्चा बढी भइरहेको छ ।

कास्कीमा हालसम्म ६ पार्टीले मात्रै औपचारिक रुपमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् ।

नेकपाले विद्या भट्टराई, नेपाली काङ्ग्रेसले खेमराज पौडेल, साझा पार्टीले रजनी केसी, विवेकशील नेपाली दलले जमुना शर्मा, राप्रपाले रोम भण्डारी र समाजवादी पार्टीले धर्मराज गुरुङलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ ।

उम्मेदवारको टुङ्गो लागेसँगै कास्कीका ठूला तथा साना दलले निर्वाचन अभियानलाई तीव्र बनाएका छन् । यसै सन्दर्भमा नेकपाका उम्मेदवार भट्टराईले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको जन्म स्थान भरतपोखरीबाट अग्रजको आशीर्वाद लिएर चुनावी अभियानको शुरुआत गर्नुभएको छ ।

काङ्ग्रेसले मनोनयन दर्तापछि चुनावी अभियानलाई व्यापक बनाउने बताएको छ । त्यसैगरी साझा, विवेकशील, राप्रपा र समाजवादीले पनि निर्वाचन परिचालन समिति बनाएर आफ्नो चुनावी अभियानलाई सशक्त बनाएको बताएका छन् । उक्त क्षेत्रमा ७१ हजार ८७१ मतदाता तथा ३२ मतदानस्थल र ८२ मतदान केन्द्र छन् ।

Leave a Reply

सम्बन्धित समाचार