मंगलबार, मंसिर ०३, २०७६ | Tuesday, November 19, 2019

काठमाडौँ
सुदूरपश्चिम, कर्णालीलगायत पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको झट्का   * कालापानीको बिषयमा प्रधानमन्त्री लगायत ६०१ जनालाई किन जेल नहाल्ने ?   * वर्तमान सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ – प्रदीप पौडेल   * निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणकारीकाे कब्जामा   * जीवन दर्शन !   * नयाँ ठाउँमा प्रदेशको राजधानी बनाउन उपयुक्त हुने : प्रचण्ड   * पूर्व राजाको क्लब चर्चाबारे हाँस्यकलाकार दिपकराज गिरी यसो भन्छन्   * ‘सरकार धाँधली गरेर भएपनि उपनिर्वाचन जित्ने कोशिसमा छ’: डा. महत   * कांग्रेसको नजरमा सरकारका २१ महिनाका २१ असफलता   * बिहान विद्यालय खोले कारवाही   *
मंगलबार, मंसिर ०३, २०७६ Tuesday, November 19, 2019
गण्डकी प्रदेश

कास्की २मा नेकपा नेतृ विद्या भट्टराईविरुद्ध बागी उम्मेदवारी

२१-कार्तिक-२०७६ | ०१:०८:३९ pm

कास्की क्षेत्र २ को प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचनमा नेकपा नेता कमलजंग कुँवरले बागी उम्मेदवारी दिएका छन्।

नेकपाले विद्या भट्टराईलाई उम्मेदवार बनाएकाेमा कमलजंग कुँवरले विद्या भट्टराईविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन्।

विद्या भट्टराईले मनोनयन दर्ता गर्नुअघि नै कमलजंग कुँवरले उम्मेदवारी दिएका हुन् ।

उनी नेकपाकै कार्यकर्ता भएको एक स्रोतले बताएको छ। कमलजंग कुँवरले नेकपाकाे उम्मेदवारीप्रति रुष्ट भएर विद्या भट्टराईविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएकाे बताइएकाे छ ।

मनोनयन दर्तामा भट्टराईका प्रस्तावक नेकपा जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य कृष्ण थापा बसेका छन् । समर्थकमा प्रदेशसभा सदस्य प्रभा कोइराला रहेकी छन् ।

यहाँ नेपाली कांग्रेसकाे तर्फबाट खेमराज पौडेल, विवेकशील पटीकाे तर्फवाट जमुना शर्मा, साझा पार्टी नेपालको तर्फबाट रजनी केसीलाई अघि सारिएको छ भने राप्रपाले केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ ।

Leave a Reply

सम्बन्धित समाचार