मंगलबार, मंसिर ०३, २०७६ | Tuesday, November 19, 2019

काठमाडौँ
सुदूरपश्चिम, कर्णालीलगायत पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको झट्का   * कालापानीको बिषयमा प्रधानमन्त्री लगायत ६०१ जनालाई किन जेल नहाल्ने ?   * वर्तमान सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ – प्रदीप पौडेल   * निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणकारीकाे कब्जामा   * जीवन दर्शन !   * नयाँ ठाउँमा प्रदेशको राजधानी बनाउन उपयुक्त हुने : प्रचण्ड   * पूर्व राजाको क्लब चर्चाबारे हाँस्यकलाकार दिपकराज गिरी यसो भन्छन्   * ‘सरकार धाँधली गरेर भएपनि उपनिर्वाचन जित्ने कोशिसमा छ’: डा. महत   * कांग्रेसको नजरमा सरकारका २१ महिनाका २१ असफलता   * बिहान विद्यालय खोले कारवाही   *
मंगलबार, मंसिर ०३, २०७६ Tuesday, November 19, 2019
प्रदेश

राजश्व छल्दै गाैरकाे न्यु शिव शक्ति ईम्पोरियम

२१-कार्तिक-२०७६ | १२:२६:०७ pm

अमित ठाकुर,रौतहट-रौतहटको सदरमुकाम गौरमा न्यु शिव शक्ति ईम्पोरियमले ग्राहकहरुले समान खरिद गर्दा प्यान भ्याट बिल नदिई सादा बिल दिई लाखौंको राजश्व छली गर्ने गरेको पाईएकाे छ।

सदरमुकाम गौरको रेडिमेड कपडाको हस्तीको रुपमा रहेको न्यु शिव शक्ति ईम्पोरियमले ग्राहक वर्गलाई नक्कली बिल दिई राजश्व छली रहेको र सम्बन्धित निकायले कानमा तेल हालेर बसेको ग्राहकवर्गले गुनासाे गरेका छन् ।

आन्तरिक राजश्व कार्यालयले सानातिना पसलहरुमा छापा मारी दु:ख दिने गरेकाे र ठुला-ठुला पसलहरुले भने समान बिक्री गरि नक्कली बिल दिई राजश्व छल्दा समेत राजश्व कार्यालयबाट कुनै कार्वाही नहुने गरेकाे साना पसलवाला तथा स्थानियले आरोप लगाएका छन्।

राजश्व कार्यालयको सानोतिनो गल्तीले गर्दा सदरमुकामका ठुला-ठुला पसलका संचालकहरुको मनोबल झन बढेको देखिएकाे छ ।

न्यु शिव शक्ति ईम्पोरियममा हजारौंको समान खरिद गर्ने ग्राहकहरुले प्यान-भ्याट तथा पसलकाे नामसमेत उल्लेख नभएकाे नक्कली बिल पाउने गरेका छन । यसवाट राज्यलाई ठुलाे रकम छलीरहेकाे देखिएकाे छ । सम्बन्धित निकायलाई यस बिषयमा ध्यान नदिदाँ राजश्व छलि भई रहेको एक ग्राहकले आरोप लगाएका छन्।

 

Leave a Reply

सम्बन्धित समाचार