मंगलबार, मंसिर ०३, २०७६ | Tuesday, November 19, 2019

काठमाडौँ
सुदूरपश्चिम, कर्णालीलगायत पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको झट्का   * कालापानीको बिषयमा प्रधानमन्त्री लगायत ६०१ जनालाई किन जेल नहाल्ने ?   * वर्तमान सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ – प्रदीप पौडेल   * निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणकारीकाे कब्जामा   * जीवन दर्शन !   * नयाँ ठाउँमा प्रदेशको राजधानी बनाउन उपयुक्त हुने : प्रचण्ड   * पूर्व राजाको क्लब चर्चाबारे हाँस्यकलाकार दिपकराज गिरी यसो भन्छन्   * ‘सरकार धाँधली गरेर भएपनि उपनिर्वाचन जित्ने कोशिसमा छ’: डा. महत   * कांग्रेसको नजरमा सरकारका २१ महिनाका २१ असफलता   * बिहान विद्यालय खोले कारवाही   *
मंगलबार, मंसिर ०३, २०७६ Tuesday, November 19, 2019
गण्डकी प्रदेश

कास्की २मा उम्मेदवारी घोषणा गरेसँगै कार्यकर्ता र मतदाता निराश

२१-कार्तिक-२०७६ | ११:२१:०९ am

काठमाडाैँ । मंसिर २ मा हुने उपनिर्वाचनका लागि कांग्रेसले उम्मेदवार टुंग्याएको छ । यस क्षेत्रको निर्वाचनको चर्चा चलेदेखि स्थानीय नेता तथा कार्यकताले रुचाएका धनराज गुरुङको सट्टा खेमराज पौडेललाई घोषणा गरी नेपाली कांग्रेसले उम्मेदवारीको विषय टुंग्याएको हो ।

यस क्षेत्रको उम्मेदवारीको विषयलाई लिएर धनराज गुरुङको सर्वाधिक चर्चा भइरहँदा उम्मेदवारी टुंग्याउने अधिकार पाएका सभापति शेरबहादुर देउवाले अर्कै उम्मेदवार खेमराज पौडेल चयन गर्नुले नेपाली कांग्रेसप्रति आमकार्यकर्तामा थोरै आँच आएको छ ।

सभापति देउवा यसअघिका निर्वाचनको विषयलाई लिएर निकै विवादित भएका थिए । जुन अझसम्म पनि जारी छ ।

यसरी उनीमाथि एकोहोरो रुपमा आरोप लागिरहँदा यही मंसिर १४मा हुने उपनिर्वाचनमा पहिले लागेका अरोपको खण्डन हुनेगरी उम्मेदवारको छनोट गर्ने आस गरिरहेको अवस्थामा त्यसको ठिकविपरीत गई विगत झै स्थानीय पपुलारिटीको बेवास्था गर्दै उम्मेदवार छनोट गरेका हुन् ।

पछिल्लोसमय सत्तारुढ दलको कार्यशैलीलाई लिएर आमजनता कांग्रेसप्रति आशातीत रहिरहेको अवस्थामा सभापति देउवाले यी सबै कुराको बेवास्था गर्दै आफुअनुकुल उम्मेदवार चयन गर्नुले कांग्रेस लोकतान्त्रिक तरिकाले नभई एकतन्त्रीय रुपले अघि बढेको देखिन्छ ।

मंसिर १४ मा हुने उपनिर्वाचनको मत परिणाम सरकारको पपुलारिटी र अन्य दलप्रति जनताको अकर्षण कति छ भनी मूल्यांकन गर्ने आधारका रुपमा पनि लिइएको छ ।

त्यति मात्र नभएर यो उपनिर्वाचनलाई अब हुने स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनको मत परिणमको आकलन गर्ने औजारका रुपमा पनि हेरिएको छ । साथै, आगामी निर्वाचनप्रति राष्ट्रिय धारणा बन्न सहयोग गर्नेछ ।

आगामी निर्वाचनका लागि जग बस्ने भएकाले केही साना दल आफ्नो उपस्थित जनाउन उपनिर्वाचनको मैदानमा उत्रिसकेका छन् ।

त्यस्तै, सत्तारुढ दल तथा नेकपाले आफ्नो सखलाई जोगाउन जिल्लावासीको मनोभावनाअनुसार नै उम्मेदवारको छनोट गरेको छ । तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेले भने त्यसो नगरी एकमना रुपले उम्मेदवार छनोट गरेको छ ।

यसरी कांग्रेसले लोकतान्त्रिक र सर्वसम्मत तथा परिणाम कांग्रेसको पक्षमा ल्याउन सक्ने उम्मेदवार उठाउनुको सट्टा गुटगत अग्रसरता बढाउने उम्मेदवार चयन गरेको छ । त्यो पनि नेपाली कांग्रेसका सभापतिकै अग्रसरतामा ।

सत्तारुढ दलप्रति आम नेपाली जनताको वितृष्णा जागिरहेको अवस्थामा त्यसलाई मलहम लगाउने गरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अगाडि बढाउनुपर्नेमा त्यसको ठीकविपरीत गुटगत विकासमा लागेको देखिन्छ ।

जसले कांग्रेसमा आबद्धता जनाएका आमकार्यकताको मात्रै नभएर स्वतन्त्र रुपमा रहेका मतदातासमेत निराशा छाएको छ ।

Leave a Reply

सम्बन्धित समाचार