मंगलबार, मंसिर ०३, २०७६ | Tuesday, November 19, 2019

काठमाडौँ
सुदूरपश्चिम, कर्णालीलगायत पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको झट्का   * कालापानीको बिषयमा प्रधानमन्त्री लगायत ६०१ जनालाई किन जेल नहाल्ने ?   * वर्तमान सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ – प्रदीप पौडेल   * निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणकारीकाे कब्जामा   * जीवन दर्शन !   * नयाँ ठाउँमा प्रदेशको राजधानी बनाउन उपयुक्त हुने : प्रचण्ड   * पूर्व राजाको क्लब चर्चाबारे हाँस्यकलाकार दिपकराज गिरी यसो भन्छन्   * ‘सरकार धाँधली गरेर भएपनि उपनिर्वाचन जित्ने कोशिसमा छ’: डा. महत   * कांग्रेसको नजरमा सरकारका २१ महिनाका २१ असफलता   * बिहान विद्यालय खोले कारवाही   *
मंगलबार, मंसिर ०३, २०७६ Tuesday, November 19, 2019
पत्रपत्रिका खवर

१२ वर्षीया गर्भवती बालिका प्रसूति गृहमा भर्ना

२१-कार्तिक-२०७६ | ०७:१८:२१ am

काठमाडौं । १२ वर्षकी कलिली बालिका। बोल्न सक्दिनन्। निर्दोष छिन्। पेटमा ५ महिनाको शिशु चलिरहेको छ। बढेको पेट र बदलिँदो स्वास्थ्य अवस्थाबारे उनी भने अनभिज्ञ छिन्।

थापाथलीस्थित प्रसूति गृहको चौथो तलाको २०७ नम्बर बेडमा उनी भर्ना भएको ४ दिन भयो। सोधेको उत्तर दिन नसक्ने उनी कसैलाई देखे फिस्स हाँस्छिन् मात्र।

अस्वाभाविक हाउभाउ देखाउने उनी सुस्त मनस्थिति (बौद्धिक अपाङ्ग) की रहिछिन् । अर्थात्, उनी न राम्रो सुन्न सक्छिन्, न राम्रो बोल्न नै ।  यस्ता व्यक्तिको उमेरसँगै हुनुपर्ने मानसिक विकास हुँदैन । उमेर बढ्दै जादाँ उनीहरुको स्वाभाव चाहिँ बच्चाको जस्तै हुन्छ ।

अस्पताल पेटीमा बुबा (ठूलो बुबा) कृष्णबहादुर भने चिन्तित मुद्रामा छन्। उनलाई एकछिन चैन छैन। घरि छोरीको छेउमा पुग्छन्, घरि बाहिर टहलिन निस्कन्छन्। अस्पतालले छोरीको स्थितिबारे खुलेर नभनिदिएका कारण उनलाई चिन्ता बढेको हो।

छोरीको कस्तो उपचार हुने हो ? उनलाई कति दिन अस्पताल राख्नुपर्छ भन्नेबारे जानकारी नपाएर आफू बेचैनीमा परेको उनले बताएको खबर कान्तिपुर दैनिकमा छ।

अछामको रामारोशन गाउँपालिका–४ बाट उपचार गर्न काठमाडौं आएका उनलाई यहाँ सबै नयाँनौलो लागेको छ। छोरीको स्वास्थ्य अवस्था कस्तो हुने हो भन्ने चिन्ता छँदै छ, सँगै आफूसँग भएको खर्च सकिन लागेकाले पनि पिरोलेको छ।

वडाले दिएको २० हजार रुपैयाँ लिएर काठमाडौं आएका उनले एम्बुलेन्सलाई मात्र १० हजार रुपैयाँ बुझाए। उनीसँग एक जना प्रहरी जवान पनि आएका छन्। वडाको सिफारिसमा आएका उनको खानाखाजा खर्च कृष्णबहादुरले बेहोर्दै आएका छन्। त्यसैले बाँकी पैसा पनि सकिन लागेको छ।

Leave a Reply

सम्बन्धित समाचार