बिहिबार, मंसिर ०५, २०७६ | Thursday, November 21, 2019

काठमाडौँ
निवर्तमान राज्यमन्त्री बुढाले दिए नवनियुक्त मन्त्रीलाई बधाई   * बेलुकी ६ बजेपछि उपनिर्वाचनको प्रचारप्रसारमा रोक   * ‘म अब पूरै ताते’ : प्रचण्ड   * मन्त्री पदका लागि दलाल बने भुसाल   * सन्धिका कुरा उल्लेख गर्दै नेपालले भारतलाई पठायो पत्र   * परराष्ट्रमन्त्री ज्ञवाली रसिया र सर्वियाको भ्रमणमा जाँदै   * नेकपाले आचारसंहिताको ठाडो उल्लंघन गर्यो : रमेश लेखक   * पूर्वसभामुख कृष्णबहादुर महरा पाटनमा   * सर्वोच्चले गर्‍यो एनसेलले नेपाललाई तिर्नुपर्ने अर्को लाभकरसम्बन्धी फैसला   * थाइल्याण्डमा ६.४ म्याग्नीच्युडको भूकम्प   *
बिहिबार, मंसिर ०५, २०७६ Thursday, November 21, 2019
मुख्य​ समाचार

गुरुङले देउवाको ‘तर’ र ‘सर्त’ को आसय बुझेनन्, जुन यस्तो थियो

२०-कार्तिक-२०७६ | ०५:१४:५३ pm

नेपाली कांग्रेसको तर्फबाट कास्की २ बाट सम्भावित उम्मेदवारीमध्येमा थिए धनराज गुरुङ । उपनिर्वाचनको केही दिन मात्र बाँकी रहँदा पार्टी सभापति देउवा र पपुलारिटी कमाएका गुरुङबीच कुराकानी भएको थियो ।

उक्त क्षेत्रमा पपुलर रहेका मतदाता तथा कार्यकताले उनैलाई रुचाएका थिए । जसका कारण गुरुङले नै यो उपनिर्वाचनमा टिकट पाउने निश्चित भएको थियो । तर, परिमाणतः कास्की २ मा खेमराज पौडेलले टिकट पाइसकेका छन् ।

कास्की २ मा उम्मेदवारी भएको केहीछिन मै टिकट पाउनुअघि सम्भावित र पपुलारिटी कमाएका भनिएका धनराज गुरुङले सभापति र उनीबीच भएको संवाद सार्वजनिक गरेका छन् ।

उक्त संवादमा देउवाले धनराज गुरुङलाई तपाई पपुलर हुन्नुहुन्छ, भन्दै कास्की २ मा टिकट दिने संकेत गरेका थिए । साथै, उनले ‘तर’ शब्दको प्रयोग गर्दै सर्त बारम्बार सर्त दोहो¥याइरहे । उक्त सर्त यस्तो थियो ।

‘उठेपछि हार्न पाइन्न नि’

उनले पनि भने,

‘कहाँ हारिन्छ दाइ’

त्यससँगै उनले गुरुङलाई कास्की २ मा आफ्नो पनि उम्मेदवार भएको, तर लोकप्रिय भएकाले जित्ने सर्तमा देउवाले गुरुङलाई टिकट दिने वचन गरे ।

देउवा र गुरुङबीच यस्तै अन्य केही कुरा भए । दुईजनाबीच यति भएपछि देउवाले गुरुङ टिकट दिनका लागि पदाधिकारी बैठकमा प्रस्ताव राख्ने बताए ।

देउवा र गुरुङबीच भएको संवादमा देउवाले पटक–पटक जित्नै पर्ने सर्त राखेका थिए । र गुरुङले पनि जवाफमा पार्टीले टिकट दिएमा चुनाव जितेर कांग्रेसको पक्षमा माहौल बनाएर देखाउने बताएका थिए ।

यसरी सभापति र आफूबीच भएको संवादका आधारमा टिकट पाउने आसमा गुरुङ सभापतिबाट छुट्टिने तरखर गर्न थाले ।
गुरुङ सभापतिबाट छुट्टिने गर्दैगर्दा सभापतिले पुनः भने

‘तर, हार्न पाइन्न नि’

कास्की २मा सम्भावित र पपुलारिटी कमाएका गुरुङलाई पार्टी सभापति देउवाले बोलाएर बारम्बार एउटै प्रश्न र ‘सर्त’ निकै रहस्यमय छ । जसले पार्टी लोकतान्त्रिक रुपले नचलेको स्पष्ट पार्छ ।

देउवाले गुरुङसँग तर, र बारम्बार एकै सर्त दोहो¥याउनु, टिकट दिने आस पनि दिनु, तर, अन्तिममा आफैँमाथि उम्मेदवारी दिने अधिकार प्राप्त भए पनि टिकट अर्कैलाई दिए ।

देउवा र गुरुङबीचको संवाद र देउवाको कार्यशैलीलाई हेर्ने हो भने यसअघि देउवाले टिकट पैसा लिएर वितरण गर्छन् भन्ने आरोपलाई अझ पुस्ट्याइँ गर्न खोजेको छ ।

अब नेपाली कांग्रेसले धनराज गुरुङलाई सोधिएका प्रश्न र उनले टिकट नदिनका कारणबारे उनीबाट स्पष्टीकरण लिन आवश्यक छ ।

Leave a Reply

सम्बन्धित समाचार