बिहिबार, मंसिर ०५, २०७६ | Thursday, November 21, 2019

काठमाडौँ
निवर्तमान राज्यमन्त्री बुढाले दिए नवनियुक्त मन्त्रीलाई बधाई   * बेलुकी ६ बजेपछि उपनिर्वाचनको प्रचारप्रसारमा रोक   * ‘म अब पूरै ताते’ : प्रचण्ड   * मन्त्री पदका लागि दलाल बने भुसाल   * सन्धिका कुरा उल्लेख गर्दै नेपालले भारतलाई पठायो पत्र   * परराष्ट्रमन्त्री ज्ञवाली रसिया र सर्वियाको भ्रमणमा जाँदै   * नेकपाले आचारसंहिताको ठाडो उल्लंघन गर्यो : रमेश लेखक   * पूर्वसभामुख कृष्णबहादुर महरा पाटनमा   * सर्वोच्चले गर्‍यो एनसेलले नेपाललाई तिर्नुपर्ने अर्को लाभकरसम्बन्धी फैसला   * थाइल्याण्डमा ६.४ म्याग्नीच्युडको भूकम्प   *
बिहिबार, मंसिर ०५, २०७६ Thursday, November 21, 2019
खेलकुद

हिमाली चितुवाले किक बक्सिङमा रचे नयाँ इतिहास

२०-कार्तिक-२०७६ | १०:०१:०६ am

काठमाडौ‌ं । ‘हिमाली चितुवा’ नामले परिचित युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा अर्को ऐतिहासिक सफलता प्राप्त गरेका छन् ।

जापानमा आइतबार सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा घिमिरेले आफ्ना जापानी प्रतिद्वन्द्वी खेलाडी अकिफी ओयालाई पहिलो राउन्डको दुई मिनेट ३० सेकेन्डमा नै पराजित गरी कीर्तिमान हात पारेका हुन्।

अन्तर्राष्ट्रियस्तरको सो प्रतियोगितामा जापान, नेपाललगायत अन्य देशका खेलाडीले भाग लिएका थिए ।

अविरल नेपालका किक बक्सिङ कराँतेका चर्चित खेलाडी देव घिमिरेका पुत्र हुन्। आफ्नै पिताको निगरानी र प्रशिक्षणमा उनले अभ्यास गर्दै आएका छन् ।

उनले विभिन्न राष्ट्रका खेलाडीहरूसँग हालसम्म भएका १२ वटा अन्तर्राष्ट्रिय भिडन्तमा ११ वटामा जीत आफ्नो पक्षमा ल्याउन सफल भएका थिए भने एक खेल बराबरीमा रोकिएको उनको परिवारका सदस्य रामनारायण घिमिरेले जानकारी दिए ।

पछिल्लो प्रतियोगितामा सफलता प्राप्त गरेपछि अविरलले अगामी दिनका प्रतियोगितामा अझै राम्रो गर्ने र देशको नाम उँचो बनाउने प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

सम्बन्धित समाचार