शनिबार, मंसिर ०७, २०७६ | Saturday, November 23, 2019

काठमाडौँ
सर्वोच्चमा रिट   * भ्रमण वर्षको सदस्य सचिवमा श्रेष्ठ नियुक्त   * यस्ता रोग भएका मानिसले लसुन खानु उचित हुँदैन   * अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता मङ्गलबारदेखि   * क्रियाशील दलित पत्रकार संघ नेपाल गठन   * विद्यार्थी नेता राईलाई थुनामा पठाउन अदालतले दियो आदेश   * बज्राचार्य अवार्डस् पुस १२ मा हुने   * एन्टिबायोटिकको जथाभावी प्रयोगले भयावह अवस्था निम्त्याउने, ४५ सेकेन्डमा १ को मृत्यु   * समाजवादी पार्टी सरकार छाड्दै   * महरा प्रकरण : उच्च अदालतले दियो ‘कैफियत प्रतिवेदन’ मगाउने आदेश   *
शनिबार, मंसिर ०७, २०७६ Saturday, November 23, 2019
अर्थ वाणिज्य

केन्द्रीय बैंक एकजनाले चलाएझै शिवराज श्रेष्ठलाई मात्र निलम्बन किन ?

१९-कार्तिक-२०७६ | ०५:१४:०७ pm

नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई निलम्बन गरिएकाे छ । उनीमाथि विभिन्न आरोप लगाइएको छ ।
तीमध्ये केही गल्ती उनी एक्लै स‌ंलग्न छन् ।

जहाजमा इकोनोमी क्लासमा यात्रा गरेर बिजनेस क्लासको बिल पेस गरेको,होटलमा सादा भात खाएर मासु, दही र पापडसमेतको बिल पेस गरेको उनीमाथि आरोप लागेका छन् । जुन खतरनाक भ्रष्टाचार हो । यी कार्य उनी एक्लैले गरेको साँचो साँचो हो । तर, बाँकी जति आरोप उनीमाथि लागेका छन् ती सबै काम उनी एक्लैले सम्पन्न गर्न मिल्दैन । र, ती काम सम्पन्न गर्न अरुको सहभागिता चाहिन्छ ।

शिवराज श्रेष्ठमाथि सुमार्गीको रकम झिक्न सहयोग गरेको आरोप लगाइएको छ ।

जबकि राष्ट्रबैंकमा विभगीय प्रमुख, महाशाखा प्रमुख, डेपुटी गभर्नरबाट टिप्पणी उठाउँदै लगेर गभर्नर स्विकृति दिएपछि मात्र रकम झिक्न पाइने अवस्था हुन्छ । त्यसैगरी उनीमाथि अर्को आरोप के छ भने नेपाल क्रेडिट एण्ड कमर्स बैंकसंँग मर्ज गर्दा एपेक्स डेभलपमेन्ट बैंकका लगानीकर्ताले खाएको दुई अर्ब बचाउन शिवराजले भूमिका खेलेका थिए भन्ने उनीमाथि आरोप छ ।

यी सबै काममा शिवराज श्रेष्ठ दोषी थिए भने उनलाई साथ दिने र सँगै दस्तखत गर्ने पदाधिकारी पनि निलम्बन हुनुपर्छ । गभर्नरको हस्ताक्षरविना डेपुटी गभर्नरमात्र अर्बौको कारोबार गर्न मिल्दैन । सवैको सहमति र स्विकृतिपछि सबैको दस्तखतपछि मात्र रकम झिक्न पाइन्छ । तसर्थ केन्द्रीय बैंकमा एकजनाले मात्र गल्ती गरेको छ, हो भनेर दोषी किटान गर्नु कतिसम्म ठिक कुरा हो ।

अमुक कर्मचारी कुन पार्टीको हो भनेर हेर्नुभन्दा उसको काममा कमि कमजोरी छ । भने उसको अनुगमन गर्ने निकायले त्यहीअनुरुप कारबाही गर्नुपर्छ । बेइमान ठहर भए जागिरबाट हटाउनुपर्छ । तर, सामूहिक जिम्मेवारी भएको ठाउँबाट बल्छीले माछा तानेझै तानेर फाल्न हुन्छ वा हुँदैन भन्ने कुरा सबैतिरबाट सोच्नुपर्छ ।

कुनै कर्मचारीले गल्ती गरेमा अख्तियार, सम्पत्ति शुद्धीकरण, अदालतबाट कारबाही हुनुपर्नेमा सीधै मन्त्रीपरिषद्ले कारबाहीको सिफारिस गरको अवस्था छ । दोषीलाई कारबाही हुनुपर्छ, तर ती सबै कानुनी प्रक्रियाभित्र (ड्यु प्रोसेस अफ ल) मा रहेर गर्नुपर्छ ।

आफ्ना छोराछोरीले बिस्तरामै सु गरे पनि बसाउने सौताका छोराछोरीले ट्वाइलेट सु गरे पनि गन्हाउने पद्धति देशमा हाबी भएको देखिन्छ । होइन भने वाइडवडी र फोरजीमा कोही पनि दोषी नहुने । अदालत दे भनेको रकम व्यापारीलाई दिँदा गभर्नर जागिर जाने अवस्था किन आयो ?
दोषीलाई कारबाही होस्, साथै संलग्न अन्य सम्बन्धित कर्मचारी पनि कारबाहीको दायरामा आउन् भन्ने आमधारणा छ ।

Leave a Reply

सम्बन्धित समाचार