शनिबार, मंसिर ०७, २०७६ | Saturday, November 23, 2019

काठमाडौँ
सर्वोच्चमा रिट   * भ्रमण वर्षको सदस्य सचिवमा श्रेष्ठ नियुक्त   * यस्ता रोग भएका मानिसले लसुन खानु उचित हुँदैन   * अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता मङ्गलबारदेखि   * क्रियाशील दलित पत्रकार संघ नेपाल गठन   * विद्यार्थी नेता राईलाई थुनामा पठाउन अदालतले दियो आदेश   * बज्राचार्य अवार्डस् पुस १२ मा हुने   * एन्टिबायोटिकको जथाभावी प्रयोगले भयावह अवस्था निम्त्याउने, ४५ सेकेन्डमा १ को मृत्यु   * समाजवादी पार्टी सरकार छाड्दै   * महरा प्रकरण : उच्च अदालतले दियो ‘कैफियत प्रतिवेदन’ मगाउने आदेश   *
शनिबार, मंसिर ०७, २०७६ Saturday, November 23, 2019
अर्थ वाणिज्य

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली कमजोर

१९-कार्तिक-२०७६ | ०३:४८:४५ pm

नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली कमजोर रहेको खुलासा भएको छ ।
अमेरिकी विदेश मन्त्रालयले गरेको अध्ययनको एक प्रतिवेदनले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानबारे यस्तो खुलासा गरेको हो ।
उक्त प्रतिवेदनले विमानस्थलको कमजोर सुरक्षाले गर्दा नेपाल अन्तर्राष्ट्रिय आतंकवादीहरुको ट्रान्जिट बन्न सक्ने खतरा औंल्याएको छ ।
साथै, उक्त प्रतिवेदनले नेपालको विमानस्थलमा सुरक्षा अपर्याप्त र कमजोर रहेको पनि उल्लेख गरेको छ ।
प्रतिवेदनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ‘प्रिस्कृन’ नगर्ने र अवतरण यात्रुको तथ्यांक डाटावेसमा नराखिने उल्लेख गरेको छ ।
त्यस्तै, प्रतिवेदनले यात्रुको भौतिक सुरक्षा जाँच औपचारिकता मात्रै भएको, ट्राभल डकुमेन्टको सुरक्षा सम्बन्धी कुनै व्यवस्था नभएको र डकुमेन्टको परीक्षणका लागि अल्ट्राभ्वाइलेट लाइटको विमानस्थलमा आभव रहेको उल्लेख गरेको छ ।
सन् २०१८मा नेपालमा कुनै पनि कुनै अन्तर्राष्ट्रिय आतंकवाद गतिविधि नभएको पनि प्रतिवेदनले उल्लेख गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले हरेक वर्ष वैश्विक आतंकवादबारे प्रतिवेदन तयार पार्छ ।
जसले विश्वभर भइरहेको आतंकवादी गतिविधि उल्लेख गर्छ । त्यसका अलवा कुन देशले आतंकवादसँग जुध्न के गरिरहेको छ भन्ने कुरा पनि उल्ले गर्छ । र, त्यसैका आधारमा अमेरिकाले अन्य मुलुकलाई आतंकवादसँग लड्न सहायता उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

सम्बन्धित समाचार