मंगलबार, मंसिर ०३, २०७६ | Tuesday, November 19, 2019

काठमाडौँ
सुदूरपश्चिम, कर्णालीलगायत पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको झट्का   * कालापानीको बिषयमा प्रधानमन्त्री लगायत ६०१ जनालाई किन जेल नहाल्ने ?   * वर्तमान सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ – प्रदीप पौडेल   * निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणकारीकाे कब्जामा   * जीवन दर्शन !   * नयाँ ठाउँमा प्रदेशको राजधानी बनाउन उपयुक्त हुने : प्रचण्ड   * पूर्व राजाको क्लब चर्चाबारे हाँस्यकलाकार दिपकराज गिरी यसो भन्छन्   * ‘सरकार धाँधली गरेर भएपनि उपनिर्वाचन जित्ने कोशिसमा छ’: डा. महत   * कांग्रेसको नजरमा सरकारका २१ महिनाका २१ असफलता   * बिहान विद्यालय खोले कारवाही   *
मंगलबार, मंसिर ०३, २०७६ Tuesday, November 19, 2019
प्रदेश नं ७

हाइड्रोपावरमा थुनिएका एकजनाबाहेक अरू भेट्टिए

१९-कार्तिक-२०७६ | ०३:२०:४४ pm

बझाङको बुंगल नगरपालिकास्थित कालंगा हाइड्रो पावरको सुरुङभित्र थुनिएका मध्ये तीनजनाको शव भेटिएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालाय कुरिनटार चितवनबाट गएको उद्धार टोलीले थुनिएकामध्ये तीनजनाको शव भेट्टाएको हो । सुरुङभित्र चारजना थुनिएका थिए ।

बाँकी एकजनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङ प्रवक्ता इश्वरीदत्त पाण्डेयले बताए । ‘उद्धार टोलीले तीनजना मजदुरको शव सुरुङ भित्र भेट्टाएको छ’, पाण्डेले भने ।
यसरी सुरुङभित्र थुनिनेमा दैलेखका कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, अछामका महेन्द्र साउद, र बझाङका शेरसिंह धामी छन् ।
सुरुङभित्र लगिएको अक्सिजनको पाइप लाइन अवरुद्ध भएपछि अन्य दुई मजदुर भने बाहिर निस्कन सफल भएका बताइएको छ ।

Leave a Reply

सम्बन्धित समाचार