सोमबार, जेठ १९, २०७७ | Monday, June 01, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
बाँकेमा गाडी दुर्घटना : ११काे मृत्यु २२ घाइते   * असार १ गतेबाट पठनपाठन सुरु गराउन शिक्षा मन्त्रालयकाे आह्वान   * गुटखा कारोबारी सरावगी रौतहट प्रहरीको फन्दामा मुद्दा चलाउने रौतहट प्रहरीको तयारी   * गुटखा कारोबारी सरागबी रौतहट प्रहरीको फन्दामा मुद्दा चलाउने रौतहट प्रहरीको त्यारी   * मिस्त्रीको काम गर्ने क्रममा लडेर मृत्यु   * सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु   * जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ   * नेपालमा संक्रमितको संख्या १ हजार ५ सय ६७ पुग्याे   * अमेरिकाको प्रदर्शनले हिंसात्मक रुप लिँदै: ३० शहरमा कर्फ्यु   * प्रदेश २ मा थप ६० जनामा कोरोना पुष्टि   *
[bsa_pro_ad_space id=33]
सोमबार, जेठ १९, २०७७ Monday, June 01, 2020
प्रदेश नं ७

हाइड्रोपावरको सुरुङ भित्र तीन जना मजदूर मृत फेला

१९-कार्तिक-२०७६ | ०५:३४:२३ am

बझाङ। बझाङको बुंगल १ मा निर्माणाधीन अवस्थामा रहेको ६५ मेगावाटको कालङ्गा हाइड्रपावरको सुरुङ भित्र फसेका चार जना कामदार मध्ये तीन जना मृत फेला परेका छन् ।

आइबार दिउसो करीब ३ः०० बजेतिर बुङ्गल नगरपालिकाको सानिगाढको दारिमगाढ भन्ने स्थानमा सुरुङभित्र काम गर्न जाने क्रममा उनीहरु बेपत्ता भए पछि काठमाडौबाट हेलिकोप्टर टोली खोजीका लागि पुगेका थियो । बेपत्ता भएका मजदूर आज सुरुङमार्गमै मृतावस्थामा भेटिएका छन् । मृत्यु हुनेमा दैलेखका कर्णबहादुर शाही र महेन्द्र शाही र अछामका महेन्द्र साउद रहेका इलाका प्रहरी कार्यालय बुङ्गल झापाका प्रहरी सहायक निरीक्षक अम्मर भण्डारीले जानकारी दिए । सुरुङभित्र काम गर्ने क्रममा एक्कासि मशिन बन्द भएपछि काम गरिहरेका उनीहरु बाहिर आउन नसकेका हुनसक्ने आशङ्का गरिएको छ ।

आइतबार उनीहरुको खोजी कार्यका लागि प्राविधिक टोली प्रयासमा भए पनी सुरुङभित्र अक्सिजनको मात्रा एकदमै कम रेहको भन्दै उक्त टोली काम नगरी फर्किएको थियो । आज हेलिकप्टरमार्फत यन्त्रसहित सशस्त्र प्रहरीको उद्धारटोली आएर खोजीगर्ने क्रममा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सत्तरी प्रतिशतभन्दा बढी काम भइसकेकाले बाँकी काम गर्ने क्रममा उनीहरुको मृत्यु भएको हो ।

उहाँहरू सँगै गएका दुई जना कामदार भने फर्कन सफल भएका थिए ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: