मंगलबार, मंसिर ०३, २०७६ | Tuesday, November 19, 2019

काठमाडौँ
सुदूरपश्चिम, कर्णालीलगायत पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको झट्का   * कालापानीको बिषयमा प्रधानमन्त्री लगायत ६०१ जनालाई किन जेल नहाल्ने ?   * वर्तमान सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ – प्रदीप पौडेल   * निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणकारीकाे कब्जामा   * जीवन दर्शन !   * नयाँ ठाउँमा प्रदेशको राजधानी बनाउन उपयुक्त हुने : प्रचण्ड   * पूर्व राजाको क्लब चर्चाबारे हाँस्यकलाकार दिपकराज गिरी यसो भन्छन्   * ‘सरकार धाँधली गरेर भएपनि उपनिर्वाचन जित्ने कोशिसमा छ’: डा. महत   * कांग्रेसको नजरमा सरकारका २१ महिनाका २१ असफलता   * बिहान विद्यालय खोले कारवाही   *
मंगलबार, मंसिर ०३, २०७६ Tuesday, November 19, 2019
प्रदेश

अपरकालंगा हाइड्रोपावरको सुरुङभित्र चार मजदुर फसे

१८-कार्तिक-२०७६ | १२:२७:१८ pm

बझाङ-अपरकालंगा हाइड्रोपावरको सुरुङभित्र चार जना मजदुर फसेका छन् ।

बुङल नगरपालिकामा रहेकाे अपरकालंगा हाइड्रोपावरको सुरुङभित्र लगिएको अक्सिजन पाइपमा अवरोध हुँदा मजदुरहरु भित्र फसेका हुन ।

आइतबार साँझ उक्त घटना भएपनि आजसम्म ती मजदुरहरूको उद्धार हुन सकेको छैन ।

सुरुङभित्र दैलेखका कर्णबहादुर शाही र महेन्द्रबहादुर शाही, शेरसिंह धामी बझाङ र अछामका महेन्द्र साउँद फसेकाे डिएसिपी गणेशबहादुर बमले बताएका छन् ।

काठमाडौंबाट हेलिकोप्टरमा उद्धार टोली बझाङ आइरहेको बमको भनाइ छ ।

घटनास्थल सदरमुकामबाट गाडीमा जाँदा ४ घण्टाभन्दा बढी लाग्ने बताइएको छ। उक्त सुरुङ कम्तिमा पनि ४ किलोमिटर रहेको बताइएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना रातभर खटिएपनि सम्भव नभएपछि काठमाडौंबाट उद्धार टोलि मगाइएको डिएसपी बमले बताएका छन ।

Leave a Reply

सम्बन्धित समाचार