सोमबार, जेठ १९, २०७७ | Monday, June 01, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
बाँकेमा गाडी दुर्घटना : ११काे मृत्यु २२ घाइते   * असार १ गतेबाट पठनपाठन सुरु गराउन शिक्षा मन्त्रालयकाे आह्वान   * गुटखा कारोबारी सरावगी रौतहट प्रहरीको फन्दामा मुद्दा चलाउने रौतहट प्रहरीको तयारी   * गुटखा कारोबारी सरागबी रौतहट प्रहरीको फन्दामा मुद्दा चलाउने रौतहट प्रहरीको त्यारी   * मिस्त्रीको काम गर्ने क्रममा लडेर मृत्यु   * सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु   * जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ   * नेपालमा संक्रमितको संख्या १ हजार ५ सय ६७ पुग्याे   * अमेरिकाको प्रदर्शनले हिंसात्मक रुप लिँदै: ३० शहरमा कर्फ्यु   * प्रदेश २ मा थप ६० जनामा कोरोना पुष्टि   *
[bsa_pro_ad_space id=33]
सोमबार, जेठ १९, २०७७ Monday, June 01, 2020
प्रदेश नं ७

स्थानीय तहका जन प्रतिनिधि विरुद्ध अख्तियारमा उजुरी बढदै

१७-कार्तिक-२०७६ | ०९:२६:३२ am

कञ्चनपुर । स्थानीय तह निर्वाचनपछि निर्वाचित भएका जन प्रतिनिधि विरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्ने क्रम बढेको छ । पश्चिम नेपालको कञ्चनपुरमा रहेको अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कार्यालयमा चालु आर्थिक वर्षमा मात्र एक हजारभन्दा बढी उजुरी परेका छन् ।

स्थानीय तहमा जनप्रतिनिधि आएसँगै विकास निर्माण र स्थानीय तहको विभिन्न शिर्षकमा भएको बजेट परिचालनमा व्यापक भ्रष्टचार भएको भन्दै कारवाहीका लागि अख्यितारमा चालु आर्थिक वर्षमा एक हजार ५५ वटा उजुरी परेका हुन् ।

विगतका वर्षमा शिक्षा क्षेत्रका बढी उजुरी आउने गरेपनि जनप्रतिनिधि आइसकेपछि विकास निर्माण, उपभोक्ता समिति गठन र बजेटको हिनामिना गरि भ्रष्टाचार गरेको भन्दै उजुरी बढी रहेको अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए ।

सबैभन्दा बढी उजुरी कैलाली, कञ्चनपुर र बैतडी जिल्लाबाट परेको बताइएको छ ।

विष्टका अनुसार उजुरीको प्रकृतिलाई हेर्दा उपभोक्ता समितिमार्फत हुने धेरैजसो काममा अनियमितता, सार्वजनिक जग्गा अतिक्रमण, हिसाव कितावको अपारदार्शिता, कर्मचारी नियुक्तिमा अनियमितता सक्कली बिल भर्पाइको अभाव र विद्यालयसँग सम्बन्धीत विभिन्न उजुरी बढी रहेका छन् ।

कार्यालयका अनुसार सबैभन्दा बढी कैलालीबाट ३ सय ५, कञ्चपुरबाट १ सय ८६ र बैतडीबाट १ सय ६८ वटा उजुरी परेका छन् ।

त्यस्तै, बझाङबाट ८१, दार्चुलाबाट ७६, डडेल्धुराबाट ७५, डोटीबाट ६२ र अछामबाट ५७ वटा उजुरी परेका छन् भने सबैभन्दा कम बाजुराबाट ४० वटा र २ वटा बेनामी उजुरी परेका छन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: