मंगलबार, मंसिर ०३, २०७६ | Tuesday, November 19, 2019

काठमाडौँ
सुदूरपश्चिम, कर्णालीलगायत पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको झट्का   * कालापानीको बिषयमा प्रधानमन्त्री लगायत ६०१ जनालाई किन जेल नहाल्ने ?   * वर्तमान सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ – प्रदीप पौडेल   * निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणकारीकाे कब्जामा   * जीवन दर्शन !   * नयाँ ठाउँमा प्रदेशको राजधानी बनाउन उपयुक्त हुने : प्रचण्ड   * पूर्व राजाको क्लब चर्चाबारे हाँस्यकलाकार दिपकराज गिरी यसो भन्छन्   * ‘सरकार धाँधली गरेर भएपनि उपनिर्वाचन जित्ने कोशिसमा छ’: डा. महत   * कांग्रेसको नजरमा सरकारका २१ महिनाका २१ असफलता   * बिहान विद्यालय खोले कारवाही   *
मंगलबार, मंसिर ०३, २०७६ Tuesday, November 19, 2019
प्रदेश नं ७

आँखा उपचार केन्द्र खोल्नका लागि देउसी , शुरुको दिनमै २५ लाख जम्मा

११-कार्तिक-२०७६ | ०५:३२:०४ pm

कैलाली । तिहारको अवसरमा कैलालीको लम्कीमा आँखा उपचार केन्द्र निमार्णका लागि आयोजना गरिएको देउसी भैलो कार्यक्रम गर्दा शुरुको दिनमै २५ लाख रकम संकलन भएको छ । उपचार केन्द्रको रुपमा अस्पताल निर्माणमा सहयोग गर्ने उद्देश्यले स्थापित लियो तथा लायन्स क्लबको संयुक्त देउसी भैलो कार्यक्रममा पहिलो दिनमै २५ लाख भन्दा बढी रकम जम्मा गर्न सफल भएको हो ।

लम्कीचुहा नगरपालिकामा आखाँ अस्पतालको सहयोगार्थ खेलिएको संयुक्त देउसी भैलो कार्यक्रममा जिल्ला समन्वय समितिका तर्फबाट कैलालीका प्रमुख सुर्य बहादुर थापाले २५ लाख रुपैयाँ प्रदान गरेको हो ।

लायन्स क्लब÷लियो क्लब अफ कैलाली, लम्कीको आयोजनामा खेलिएको संयुक्त देउसी भैलो कार्यक्रममा जिसस प्रमुख थापाले जिससको बजेटबाट २५ लाख रुपैयाँ लम्कीमा आखाँ अस्पताल निमार्णका लागि दिएको जानकारी दिए ।

संयुक्त देउसी भैलो उद्धघाटन कार्यक्रममा थापाले लम्किमा आखाँ अस्पताल निमार्ण गर्नु आफ्नो पनि सपना रहेको र आखाँ अस्पतालका लागि जिससको बजेट कम देखिए स्रोतको व्यवस्थापन गरिने समेत स्पष्ट पारे ।

थापाले गत बर्ष यही क्लबको देउसी भैलोलाई आखाँ अस्पताल निमार्णका लागि भन्दै जग्गा पनि उपलब्ध गराउन पहल गरेका थिए ।

Leave a Reply

सम्बन्धित समाचार