मंगलबार, मंसिर ०३, २०७६ | Tuesday, November 19, 2019

काठमाडौँ
सुदूरपश्चिम, कर्णालीलगायत पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको झट्का   * कालापानीको बिषयमा प्रधानमन्त्री लगायत ६०१ जनालाई किन जेल नहाल्ने ?   * वर्तमान सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ – प्रदीप पौडेल   * निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणकारीकाे कब्जामा   * जीवन दर्शन !   * नयाँ ठाउँमा प्रदेशको राजधानी बनाउन उपयुक्त हुने : प्रचण्ड   * पूर्व राजाको क्लब चर्चाबारे हाँस्यकलाकार दिपकराज गिरी यसो भन्छन्   * ‘सरकार धाँधली गरेर भएपनि उपनिर्वाचन जित्ने कोशिसमा छ’: डा. महत   * कांग्रेसको नजरमा सरकारका २१ महिनाका २१ असफलता   * बिहान विद्यालय खोले कारवाही   *
मंगलबार, मंसिर ०३, २०७६ Tuesday, November 19, 2019
प्रदेश नं ७

नेकपामा आन्तरिक कलह बल्झिदै , दैलेखबाट विद्रोहको शुरुवात

०९-कार्तिक-२०७६ | ०८:३२:२८ pm

दैलेख। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा पूर्व एमाले र माओबादी बिचको जिल्ला जिल्लामा विद्यमान आन्तरिक कलह बल्झैदै बाहिर आउन थालेको छ । नेकपा दैलेखको आन्तरिक कलह बल्झदै गएर भाँडभैलो हुदै बाहिर छताछुल्ल भएर सतहमा देखापर्न शुरु भएको छ। पार्टी संस्थापन पक्षले हरेक निर्णय एकलौटी गरेको भन्दै विद्रोही पक्षले शनिबार समानान्तर कमिटि गठन गरेको सार्वजनिक भए सँगै नेकपा दैलेखको विवाद सतहमा देखा परेको हो।

पार्टी अध्यक्ष रवीन्द्रराज शर्मा र सचिब प्रेमबहादुर कटुवालले एकलौटीरुपमा जिल्लाको एकीकरण टुंग्याएको आरोप लाउदै प्रदेश कमिटि सदस्य अम्मरबहादुर थापाको नेतृत्वमा विद्रोह बाहिर आएको हो।

थापाले जिल्ला कमिटि अध्यक्ष र सचिबले केन्द्रको निर्देशन विपरित आफूखुसी ढंगले एकल निर्णय गरेको भन्दै समानान्तर कमिटि गठन गर्न बाध्य भएको बताए। संस्थापन पक्षले जिल्लामा हालै ९० वडा कमिटि, ११ स्थानीय तह कमिटि, २ प्रतिनिसभा क्षेत्रीय कमिटि र ४ प्रदेश कमिटि गठन गरेको थियो। विद्रोही समूहले जिल्लादेखि स्थानीय तहसम्म समानान्तर कमिटि गठन गरेको छ।

विद्रोही समूहको नेतृत्व नेकपा कर्णाली प्रदेश कमिटीका सदस्य अम्मरबहादुर थापाले गरेका छन्। पूर्वएमाले पक्षधर थापालगायत असन्तुष्ट पक्ष पार्टी अध्यक्षले मनोमानी ढंगबाट संगठन विस्तार गर्न खोजेको भन्दै आक्रोशित भएका छन्।

पार्टी इन्चार्ज लक्ष्मीप्रसाद पोखरेल, सह–इन्चार्ज राजबहादुर बुढा, प्रदेश कमिटी सदस्य पार्वती कुमारी विशुन्के, टेकबहादुर खाण, सावित्री मल्ल, गोपाल नेपाली, मायाराम अधिकारी लगाएत विद्रोही समूहमा रहेका छन्।

Leave a Reply

सम्बन्धित समाचार