शनिबार, मंसिर ०७, २०७६ | Saturday, November 23, 2019

काठमाडौँ
सर्वोच्चमा रिट   * भ्रमण वर्षको सदस्य सचिवमा श्रेष्ठ नियुक्त   * यस्ता रोग भएका मानिसले लसुन खानु उचित हुँदैन   * अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता मङ्गलबारदेखि   * क्रियाशील दलित पत्रकार संघ नेपाल गठन   * विद्यार्थी नेता राईलाई थुनामा पठाउन अदालतले दियो आदेश   * बज्राचार्य अवार्डस् पुस १२ मा हुने   * एन्टिबायोटिकको जथाभावी प्रयोगले भयावह अवस्था निम्त्याउने, ४५ सेकेन्डमा १ को मृत्यु   * समाजवादी पार्टी सरकार छाड्दै   * महरा प्रकरण : उच्च अदालतले दियो ‘कैफियत प्रतिवेदन’ मगाउने आदेश   *
शनिबार, मंसिर ०७, २०७६ Saturday, November 23, 2019
अन्तर्राष्ट्रिय

नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकाको टिप्पणी

०६-कार्तिक-२०७६ | ०७:५२:०३ pm

काठमाडौं। अमेरिकाले नेपालमा चिनियाँ प्रभाव बढेको बताएको छ। चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)मा सहभागी नेपाल अमेरिकाको इण्डो–प्यासिफिक रणनीतिमा सहभागी नभएपछि उसले नेपाललाई उत्तरी छिमेकी चीनतर्फ ढल्केको आरोप लगाएको छ।

अमेरिकाको पछिल्लो भनाई चिनियाँ राष्ट्रपति सी चिनफिङको ऐतिहासिक काठमाडौं भ्रमणपछि आएको हो। दक्षिण एसिया सम्बन्धि अमेरिकी सहायक विदेशमन्त्री एलिस जी वेल्सले अमेरिकी संसदको एक समितिमा लिखित धारणा राख्दै नेपालमा पछिल्लो समय चीनको प्रभाव बढ्दै गएको टिप्पणी गरेकी हुन्। उनले नेपालमा दलाई लामाको जन्म दिन मनाउनसमेत नेपाल सरकारले बन्देज लगाएको विषय उठाएकी छन्।

भारत निर्वासनमा रहेको तिब्बती धार्मिक नेता दलाई लामाको जन्म दिनका अवसरमा अवाञ्छित क्रियाकलाप हुन सक्ने भन्दै नेपालले जन्म दिन मनाउन रोक लगाएको थियो। एक चीन नीतिप्रति प्रतिबद्ध नेपालले चीनविरुद्ध कुनै पनि गठबन्धनमा सहभागी नहुने बताउँदै आएको छ।

असंलग्न परराष्ट्र नीति अंगिकार गरेको नेपालले आफ्नो भूमि कुनै पनि मुलुकविरुद्ध उपयोग गर्न नदिने नीति अनुसार नै दलाई लामाको जन्म दिनप्रति कडाई गरेको हो। यही विषयमा टेकेर अमेरिकी सहायक विदेशमन्त्रीको यस्तो टिप्पणी आएको हो। तर, उनले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणबारे भने कुनै टिप्पणी गरेकी छैनन्। उनले नेपाल संघीयताको संक्रमणकालमा रहेको उल्लेख गर्दै लोकतन्त्रको संस्थागत विकासमा नेपालले प्रगती गरेकोसमेत बताएकी छन्।

Leave a Reply

सम्बन्धित समाचार