शनिबार, मंसिर ०७, २०७६ | Saturday, November 23, 2019

काठमाडौँ
सर्वोच्चमा रिट   * भ्रमण वर्षको सदस्य सचिवमा श्रेष्ठ नियुक्त   * यस्ता रोग भएका मानिसले लसुन खानु उचित हुँदैन   * अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता मङ्गलबारदेखि   * क्रियाशील दलित पत्रकार संघ नेपाल गठन   * विद्यार्थी नेता राईलाई थुनामा पठाउन अदालतले दियो आदेश   * बज्राचार्य अवार्डस् पुस १२ मा हुने   * एन्टिबायोटिकको जथाभावी प्रयोगले भयावह अवस्था निम्त्याउने, ४५ सेकेन्डमा १ को मृत्यु   * समाजवादी पार्टी सरकार छाड्दै   * महरा प्रकरण : उच्च अदालतले दियो ‘कैफियत प्रतिवेदन’ मगाउने आदेश   *
शनिबार, मंसिर ०७, २०७६ Saturday, November 23, 2019
प्रदेश

आफु भारतीय नागरिक भएको पुष्टि गर्न देवेन्द्रराज कडेलको चुनौति

०६-कार्तिक-२०७६ | ०७:११:५३ pm

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलले आफु भारतीय नागरिक भएको पुष्टि गरेर देखाउन चुनौति दिएका छन् ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कडेलले आफ्नो नाममा भारतीय भूमिमा एक इञ्च पनि जमिन भए जुनसुकै कारवाही भोग्न तयार रहेको बताए ।

‘मेरो नाममा भारतीय नागरिकता त के, मेरो नाममा भारतमा एक इञ्च पनि जमिन भएको पुष्टि गरेर देखाउन चुनौती दिन चाहन्छु,’ कँडेलले भने, ‘संस्था (विद्यालय) बाहेक भोट हालेको सावित गरे दण्ड सजाय भोग्न तयार छु ।

तर, झुटो आरोप लगाएर मान प्रतिष्ठामा आँच पुर्‍याउँदा अत्यन्तै दुःख लागेको छ ।’

नवरलपरासीको सीमावर्ती भारतीय सहरमा आफ्नी अजुरआमाले स्थापना गरेको राधाकुमारी ईन्टर कलेजको सञ्चालक समितिको चुनावबाहेक कतै पनि मतदान नगरेको पनि बताए ।

भारतीय सवारी चालक अनुमतिपत्र भने लिएको स्वीकादै कडेलले बाल्यकालदेखि स्नातक तहसम्म भारतमा अध्ययन गरेको र शैक्षिक प्रमाणपत्रका आधारमा सवारी चालक अनुमतिपत्र लिएको बताए ।

कांग्रेस नेता कँडेल पत्रकार सम्मेलनमा आफूमाथि सञ्चार माध्यमले लगाएका अनेक आरोपको खण्डन गर्ने लिखित दस्तावेजहरुका साथ उपस्थित भएका थिए ।

Leave a Reply

सम्बन्धित समाचार