शनिबार, मंसिर ०७, २०७६ | Saturday, November 23, 2019

काठमाडौँ
सर्वोच्चमा रिट   * भ्रमण वर्षको सदस्य सचिवमा श्रेष्ठ नियुक्त   * यस्ता रोग भएका मानिसले लसुन खानु उचित हुँदैन   * अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता मङ्गलबारदेखि   * क्रियाशील दलित पत्रकार संघ नेपाल गठन   * विद्यार्थी नेता राईलाई थुनामा पठाउन अदालतले दियो आदेश   * बज्राचार्य अवार्डस् पुस १२ मा हुने   * एन्टिबायोटिकको जथाभावी प्रयोगले भयावह अवस्था निम्त्याउने, ४५ सेकेन्डमा १ को मृत्यु   * समाजवादी पार्टी सरकार छाड्दै   * महरा प्रकरण : उच्च अदालतले दियो ‘कैफियत प्रतिवेदन’ मगाउने आदेश   *
शनिबार, मंसिर ०७, २०७६ Saturday, November 23, 2019
अर्थ वाणिज्य

अव घर बनाउँदा इँटा पनि भुकम्पप्रतिरोधी प्रयोग गर्नुपर्ने

०६-कार्तिक-२०७६ | ०६:५६:५५ am

नेपालमा भूकम्प प्रतिरोधी ईंटा बनाउनेबारे अध्ययन तथा अनुसन्धान गर्ने एक प्रयोगशाला निर्माण गरिएको छ । इमाडोलमा निर्माण गरिएको उक्त प्रयोगशालामा मगंलबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएकोकुरा गोरखापत्रमा उल्लेख छ ।

गुणस्तरीय ईंटा बनाउन कोइला परीक्षण, कोइलाबाट वातावरणमा पार्ने प्रदूषण न्यूनीकरण गर्ने परीक्षण र ईंटाको भारबहन शक्ति परीक्षण गर्न सकिने भएको छ । सो प्रयोगशालामा माटोको गुणस्तर थाहा पाउने विषयमा पनि अध्ययन हुनेछ ।

इसिमोडको प्राविधिक सहयोगमा नेपाल ईंटा भत्ता महासंघले निर्माण गरेको प्रयोगशालामा भारत, पाकिस्तान र बंगलादेशका ईंटा उद्योगीहरूले पनि निरीक्षण गर्नुभएको थियो । उपत्यकालगायत देशभर ईंटा उद्योगले वातावरणमा पारेको असर न्यूनीकरणको लागि उपत्यकासहित काभ्रेपलाञ्चोक र धादिङ जिल्लामा ईंटा उद्योगमा ‘जिकज्याक’ प्रविधिले ईंटा पोल्ने काम भएको उद्योगी राजकुमार लाखेले जानकारी दिनुभयो ।

नेपालभर १२ सय ईंटा उद्योग रहेकोमा काठमाडौं उपत्यकामा मात्रै एकसय ११ वटा ईंटा उद्योग सञ्चालनमा रहेका छन् । इसिमोडका कार्यक्रम संयोजक विद्या बनमाली प्रधानले ईंटा भट्टाले वातावरणमा पारेको असर न्यूनीकरण गर्न यस्तो प्रविधि नेपालमा ल्याएको बताए ।

गुणस्तरीय कोइलाविना ईंटालाई चाहिने शक्ति कम हुनाको साथै धेरै मात्रामा धुँवा र खरानी उत्पादन हुने भएकाले यस्तो प्रयोगशालामा नेपालमा निर्माण गर्न प्राविधिक रुपमा सहयोग गरेको उहाँले बताउनुभयो ।

Leave a Reply

सम्बन्धित समाचार