बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
अर्थ वाणिज्य

नौबीसे–नागढुंगा सुरुङमार्गको शिलान्यास आज हुँदै

०४-कार्तिक-२०७६ | ०७:५२:२६ am

नौबीसे–नागढुंगा सुरुङमार्गको शिलान्यास आज हुँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सुरुङमार्गको शिलान्यास गर्न लागेका हुन् ।

३ वर्ष ६ महिनाको अवधिमा सक्ने लक्ष्य राखिएको २.७ किलोमिटर सुरुङमार्गको निर्माणमा जापान सरकारको करिब १६ अर्ब सहुलियत ऋण रहेको छ ।

यो सुरुङमार्ग काठमाडौंतर्फ थानकोटस्थित नेपाल आयल निगमको डिपोभन्दा तलबाट सुरु भइ धादिङतर्फ धुनिबेसी नगरपालिकाको सिस्नेखोलामा अन्त्य हुने छ ।

सुरुङमार्ग बनेपछि नौबीसे–नागढुंगा क्षेत्रको जाम अन्त्य हुने र यात्रा पनि छिटो हुने बताइएको छ ।

हाल नौबीसेबाट काठमाडौं आइपुग्न झण्डै दुई घण्टा लाग्छ ।

सुरुङमार्ग बनेपछि नौबीसेबाट २० मिनेटमै काठमाडौं आइपुगिने छ ।

सम्बन्धित समाचार