शनिबार, मंसिर ०७, २०७६ | Saturday, November 23, 2019

काठमाडौँ
सर्वोच्चमा रिट   * भ्रमण वर्षको सदस्य सचिवमा श्रेष्ठ नियुक्त   * यस्ता रोग भएका मानिसले लसुन खानु उचित हुँदैन   * अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता मङ्गलबारदेखि   * क्रियाशील दलित पत्रकार संघ नेपाल गठन   * विद्यार्थी नेता राईलाई थुनामा पठाउन अदालतले दियो आदेश   * बज्राचार्य अवार्डस् पुस १२ मा हुने   * एन्टिबायोटिकको जथाभावी प्रयोगले भयावह अवस्था निम्त्याउने, ४५ सेकेन्डमा १ को मृत्यु   * समाजवादी पार्टी सरकार छाड्दै   * महरा प्रकरण : उच्च अदालतले दियो ‘कैफियत प्रतिवेदन’ मगाउने आदेश   *
शनिबार, मंसिर ०७, २०७६ Saturday, November 23, 2019
अर्थ वाणिज्य

८१ वटा कम्पनीको सेयर कारोबार रोक्का (सूची सहित)

०३-कार्तिक-२०७६ | ०१:५६:५० pm

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले १८ वटा बिकास बैंकसहित ८१ कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।
एक्सचेन्जले धितोपत्र सूचीकरणको आइतबारदेखि वार्षिक शुल्क नबुझाएको भन्दै १८ वटा बिकास बैंकसहित ८१ कम्पनीको सेयर कारोबार रोक्का गरेको हो । एक्सचेन्जले आजदेखि नै ती कम्पनीको सेयर काराबोर रोक्का भएको जनाएको छ ।

धितोपत्र सुचिकरण नियमावली २०७५ विनियम १६(१)क बमोजिम आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र यस्तो शुल्क बुझाइसक्नुपर्ने प्रावधान रहेको छ । उक्त समयमा शुल्क नबुझाए सेयर कारोबार रोक्का हुन्छ । यदी, शुल्क बुझाउँदै गए क्रमशः कारोबार पनि फुकुवा हुने नेप्सेले जनाएको छ ।

कारोबार रोक्का भएका कम्पनीहरु मध्ये १८ वटा विकास बैंक, १९ वटा लघुवित्त कम्पनी, ३ वटा व्यापार कम्पनी, सोल्टी र याक एन्ड यति गरी २ वटा होटल, अन्य समूहका २ वटा कम्पनी र ११ वटा लघुवित्त कम्पनी रहेका छन् । यसैगरी उत्पादन समूहका ११ वटा, जलविद्युत समुहका १३ वटा, बिमा समूहका २ वटा कम्पनी रहेका छन् ।

Leave a Reply

सम्बन्धित समाचार