सर्लाहीमा जलाउन ठिक्क पारेको एक युवतीको शव प्रहरीले चिताबाट उठायो

काठमाडौं। सर्लाहीको रामनगर गाउँपालिाकमा –१ को मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा प्रहरीले एक विवाहिता युवतीको शव चिताबाट नियन्त्रणमा लिएको छ ।

सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव प्रहरीले जलाउन लागेको अवस्थामा चिताबाट नियन्त्रणमा लिएको हो । मनिषाको मृत्युको घटना शंकास्पद देखिएपछि बुधबार प्रहरीले जलाउन ठिक्क पारेको अवस्थामा उनको शव नियन्त्राण्मा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

परिवारका सदस्यले छारे रोगकी बिरामी मनिषाले आत्महत्या गरेको दाबी गरेका थिए । तर प्रहरीका अनुसार पासो लागेर आत्महत्या गरेको जस्तो देखिएको छ र संकलित प्रमाणको आधारमा घटनाको अनुसन्धान भइरहेकोछ । थप कुरा पोस्टमार्टमपछि पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

घटना शंकास्पद देखिएपछि प्रहरीले घाटबाटै प्रहरीले मनिषाका पतिसहित परिवारका तीन जना सदस्यलाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएकाहरुमा मनिषाका पति सुनिल, ससुरा रामेश्वर र देवर रामबाबु रहेका छन् । प्रहरी घाटमा पुगेपछि केही मलामी भने भागेका थिए।