दैनिक १० किलो सुन आयातको सीमा, अब २० किलोसम्म ल्याउन पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्न पाउने सुनको परिमाणको सीमा बढाएको छ । केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै अब २० किलोसम्म सुन ल्याउन दिने भएको हो ।

व्यवसायीको आग्रह अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन आयातको सीमा बढाउने निर्णयसहित केन्द्रीय बैंकलाई पत्राचार गरेको थियो ।


सोही अनुसार केन्द्रीय बैंकले सुन आयातको सीमा बढाएको छ । यसअघि दैनिक १० किलो मात्रै सुन आयात गर्न दिइरहेको थियो ।