झलनाथका नाममा सर्प पाल्न राज्यकोषबाट १९ करोड खर्च, प्रगति छैन

काठमाडाैँ।एकीकृत समाजवादीका नेता झलनाथ खनालले मधेसमा सर्प पालनका लागि राज्यकोषबाट १९ करोड लिएका छन् । एमालेका तत्कालीन अध्यक्ष खनालले २०७० सर्लाही–१ बाट उम्मेदवारी दिँदा नेपालमै एन्टिस्नेक भेनम (एएसभी) उत्पादन गर्ने घोषणा गरेका थिए ।

र, झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा १९ करोड खर्च भइसकेको छ । यद्यपि, अहिले नाम फेरेर राष्ट्रिय स्वास्थ्य विज्ञान एवं अनुसन्धान परिषद्  राखिएको छ ।

करिब ७ करोड खर्चेर लालबन्दी नगरपालिका–१ मा प्रतिष्ठानले जग्गा खरिद गर्नुबाहेक केही काम भएको छैन ।तर, खनाल भने सर्प प्रकरणमा आफ्नो नाम मुछेर आलोचना गर्ने गरेको बताउँछन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खनालले

आफू सर्लाही जाँदा सर्पको टोकाइका कारण मृत्युवरण गर्नुपरेको घटना देखेकाले सर्पदंशका बिरामीलाई देशमै उपचार हुनुपर्ने र औषधि बन्नुपर्ने माग सम्बोधन गर्नका लागि आवाज उठाएको बताए । आफ्नो नाममा आफूले नचाहँदा नचाहँदै पनि नाम राखेको र त्यसबाट के–के गरे भन्नेबारे आफू अनभिज्ञ रहेको उनले बताए । तर, त्यतिखेर खनालकै जोडबलमा उनकै नाममा प्रतिष्ठान खोलिएको थियो ।

नेताकै नामबाट प्रतिष्ठान खोलिएका अन्तर्राष्ट्रिय सहायता आउन नसकेको हो । जसकारण एएसभी उत्पादन गर्ने योजना अलपत्र छ ।खनालको दाबी छ, ‘मलाई शंका लाग्दा लाग्दै पनि ल ठिक छ राख्नुस् भनेर मेरो नाममा राख्नुभयो नाम । मेरो नाम राख्नुभयो । त्यो नाम राखेर उहाँहरूले के के गर्नुभयो रु म त राजनीतिक मान्छे, म राजनीतिलाई पेशा, व्यवसाय, कमाउ, धमाउ मान्दिन ।

कतिपयले त्यसो गर्ने गर्छन्, ति अपराधी हुन् । राजनीति भनेको जनसेवाको कदम हो । जनसेवाको लागि कसैले पनि राजनीति गर्छ भने जनता र देशको सेवाका लागि गर्नुपर्छ, खनालले भने, राजनीतिलाई अरु कुनै बनाउने हो भने त व्यापार गरे भइगयो नि । उद्योग खोलेर बसे हुन्छ । त्यो क्षेत्रमा मैले जो नाम दिएँ, ठिक गरेँ कि गरिनँ भन्ने थियो पछि त विवाद सुरु भयो ।

यहाँ त ७३ करोड पैसा ल्याइयो । ७३ करोड पैसा ल्याएर झलनाथले सर्प पाल्दैछ भन्छन्, उक खाले मान्छेहरू कमेन्टमा सर्प लेखेर बस्छन्, तिनीहरूको पेसा नै त्यही जस्तो लाग्छ ।’