केही दिन अघि मात्रै खुलेको लप्ची नाकाबाट भित्रियाे चार किलो सुन

काठमाडाैँ। प्रहरीले दोलखाको सिंगटीबाट तस्करीको चार किलो सुन बरामद गरेको छ ।

गएराति दोलखा प्रहरीले सिंगटी बजारबाट करिब चार किलो सुनसहित तीनजनालाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय सिंगटीको टोलीले सुन बरामद गरेको हो ।

यद्धपी, पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । राती मुचुल्का उठाइएको र घटनाको बारेमा विस्तृतमा आज सार्वजनिक गर्ने दोलखाका प्रहरी प्रमुख डिएसपी दीपक खड्काले जानकारी दिए।

 केही दिन अघि मात्रै खुलेको लप्ची नाकाको लामाबगर हुँदै तस्करहरूले सुन भित्र्याएको अनुमान गरिएको छ । चिन सरकारले तिब्बती सीमा लामावगर तर्फको एउटा नाका गत साता खुलाएको थियो ।