शनिबार, मंसिर ०७, २०७६ | Saturday, November 23, 2019

काठमाडौँ
सर्वोच्चमा रिट   * भ्रमण वर्षको सदस्य सचिवमा श्रेष्ठ नियुक्त   * यस्ता रोग भएका मानिसले लसुन खानु उचित हुँदैन   * अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता मङ्गलबारदेखि   * क्रियाशील दलित पत्रकार संघ नेपाल गठन   * विद्यार्थी नेता राईलाई थुनामा पठाउन अदालतले दियो आदेश   * बज्राचार्य अवार्डस् पुस १२ मा हुने   * एन्टिबायोटिकको जथाभावी प्रयोगले भयावह अवस्था निम्त्याउने, ४५ सेकेन्डमा १ को मृत्यु   * समाजवादी पार्टी सरकार छाड्दै   * महरा प्रकरण : उच्च अदालतले दियो ‘कैफियत प्रतिवेदन’ मगाउने आदेश   *
शनिबार, मंसिर ०७, २०७६ Saturday, November 23, 2019
अन्तर्राष्ट्रिय

आइएमएफको रिपोर्टमा विश्वकै अर्थतन्त्र फेरि ‘खतरानक मोडमा’

३०-आश्विन-२०७६ | १०:१२:२६ am

वाशिङटन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले यति खेर विश्वभरीकै अर्थतन्त्र खतराजनक मोडमा पुगेको जनाएको छ । एक दशक अगाडि भएको वित्तीय संकटपछि पहिलोपटक यो अवस्था दोहरिन लागेको जनाइएको छ । आईएमएफले मंगलबार जारी गरेको वर्ल्ड इकोनोमिक आउटलुक रिपोर्टमा सो कुरा उल्लेख छ । आईएमएफका अनुसार यो वर्ष विश्वभरको अर्थव्यवस्था ३ प्रतिशतले मात्रै विकास हुने जनाइएको एजेन्सीको खवर छ ।

केही दिनअघि प्रकाशित अर्को एक रिपोर्टमा आइएमएफले छिमेकी मुलुक चीनको अर्थतन्त्र समेत भारतसँग व्यापार युद्ध भएपछि खस्किएको एक रिपोर्ट निकालेको थियो । देशको अर्को छिमेकी मुलुक भारतको पनि यसपटक विकास दर घटेर ६.१ प्रतिशत मात्र रहने आइएमएफको अनुमान छ । यसअघि भारतकै अर्थतन्त्र विकास दर ७.३ प्रतिशत हुने अनुमान आइएमएफले अप्रिलमा गरेको थियो । फेरि जुलाइमा आएर आइएमएफले भारतको विकास दर ७ प्रतिशतभन्दा बढी नहुने अर्को प्रक्षेपण गरेको थियो ।

आइएमएफकी मुख्य अर्थशास्त्री गीता गोपीनाथले एक रिपोर्ट सार्वजनिक गर्दै विश्वकै अर्थतन्त्र समस्यामा परेको बताएकी हुन् ।

त्यही कार्यक्रममा आइएमएफले चीनको आर्थिक वृद्धि पनि ६.१ प्रतिशत रहने अनुमान गरेको छ । यो वृद्धि सन् २०२० मा ५.८ प्रतिशत हुने अनुमान छ । यसअघि सन् २०१८ मा चीनको आर्थिक वृद्धि ६.६ प्रतिशत थियो ।

विश्वको विकास दरमा पनि यसपटक आएको गिरावट अर्को वर्ष अलिक बढ्ने अनुमान गरिएको छ । अर्को वर्ष अर्थात् सन् २०२० मा विश्वको विकास दर ३.४ प्रतिशत हुने अनुमान गरिएको छ ।

यो विकास दरको अनुमान भनेको एक दशकअघि विश्वमा देखिएको आर्थिक संकटको समयको भन्दा पनि कम हो ।

विश्व व्यापारमा आएको गिरावट र उत्पादनको माग बढ्नुको कारणले विश्वको अर्थतन्त्र समस्यामा पर्न थालेको आइएमएफको निष्कर्ष छ । यो संकटबाट माथि आउनका लागि विश्वमा नीति निर्माताहरुले व्यापारमा भइरहेको समस्यालाई पहिले समाधान गर्नुपर्ने आइएमएफले जनाएको छ ।

Leave a Reply

सम्बन्धित समाचार