सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल एक दिवसीय स्वजागरण अभियान तथा ध्यान विज्ञान कार्याशाला कार्यक्रममा सरिक

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल सशस्त्र प्रहरी बल नेपाल प्रधानकार्यालयमा असोज ६ गते आयोजित एक दिवसीय स्वजागरण अभियान तथा ध्यानविज्ञान कार्याशाला कार्यक्रममा सरिक हुनुभएको छ ।नेपाल सरकार गृह मन्त्रालय र जीवन विज्ञानद्वारा संयुक्तरुपमा आयोजना
गरिएको कार्यक्रममा सम्माननीय राष्ट्रपति पौडेलले सो कार्यक्रममकोसमुद्घाटन गर्नुहुँदै योग र ध्यानलाई तन, मन र वचनकासाथ गर्न सक्यौ भने
हामीले गर्ने प्रत्येक कार्यहरुले आफुलाई आफैमा अवश्य सन्तुष्ट दिनेबताउनुभयो ।

उहाँले दैनिक जीवनका जुनसुकै कार्य तथा सुख र दुःखका दिनहरुलाई समेतसमान रुपले अगाडी बढ्न योग र ध्यानले अति नै महत्वपूर्ण भूमिका निर्वाहगर्ने उल्लेख गर्नुहुँदै शरीरलाई स्वस्थ्य र फुर्तिलो बनाई हामीले गर्नेदैनिक कार्यहरुमा समेत टेवा पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीनारायणकाजीश्रेष्ठलेयोगाभ्यास, प्राणायाम र उर्जाध्यानको बारेमा प्रकाशपार्नुहुँदै हामीले गर्ने दैनिक कार्यहरुलाई समेत चुस्त, दुरुस्त रफलदायी बनाईराख्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

उहाँले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा योगाभ्यास र ध्यानकोपहिलो पटक सुरुवात गरिएको बताउनुहुँदै यसलाई विस्तार गर्दै क्रमश देशकासम्पूर्ण कर्मचारीहरुलाई उपयुक्त समय मिलाएर गराउँदै लैजाने बताउनुभयो ।कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापती महारथी प्रभुराम शर्मा,गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवर, सशस्त्रप्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्यअनुसन्धान निर्देशक हुतराज थापा, गृहमन्त्रालयका सहसचिव, उपत्यकास्थिततीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, नेपाली सेना, नेपाल प्रहरी तथासशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको सहभागिता रहेको थियो ।