घट्यो सुनको भाउ

काठमाडौँ । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ छ । हिजो तोलाको एक लाख १२ हजार ८ सय रुपैयाँ थियो ।
 
यस्तै, आज चाँदी तोलामा ५ रुपैयाँले बढेर एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ