सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच वार्ता सुरु

काठमाडौँ। सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच वार्ता भइरहेको छ । संसद्‌मा दर्ता शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता सुरु भएको हो।

आन्दोलनको नेतृत्वकर्ता नेपाल शिक्षक महासंघका प्रतिनिधि र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच आज बिहान गृहमन्त्रीकै कार्यकक्ष ९सिंहदरबार० मा वार्ता भएको हो।

वार्तामा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक कुमार राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी भएका छन्।

विद्यालय शिक्षा विधेयकका व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरुले वुधबारदेखि विद्यालय बन्द गरी बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन शुरु गरेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन्।