चिकित्सकको आन्दोलनले बिरामी मारमा

काठमाडाैँ।नेपाल चिकित्सक संघले गरेको आन्दोलनका कारण देशभरको स्वास्थ्यसेवा प्रभावित भएको छ।

हेटौँडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि भएको हातपातको विरोधमा चिकित्सकहरूले सेवा ठप्प पारेका हुन्।चिकित्सक जाँच उपचार छाडेर अस्पताल परिसरमा प्रदर्शन गरिरहेका छन्। सेवा बन्द हुँदा बिरामी अस्पताल बाहिर अलपत्र परेका छन्।

महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संसदमा दर्ता भएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ शिक्षकहरूको हकहितविपरीत भएको भन्दै सडक आन्दोलनको घोषणा गरेको थियाे।

शिक्षक र विद्यालयका कर्मचारीको मुलभूत मुद्दाहरुलाई सम्बोधन नगरी संविधानप्रदत्त ट्रेड युनियन अधिकारमाथि अंकुश लगाउने गरी विधेयक ल्याएको भन्दै महासंघले सडक आन्दोलन गरेकाे हाे।

महासंघ राष्ट्रिय समिति अध्यक्ष कमला तुलाधरले सरकारकै कारण आफूहरू आन्दोलनमा जान बाध्य भएको बताइन् । पहिलो चरणमा काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरिएको उनको भनाइ छ ।

अस्थायी प्रकृतिका शिक्षक, विद्यालय कर्मचारी, बाल शिक्षकको स्थायीत्वको सवालमा शिक्षा ऐन नबोलेको शिक्षकहरुको आरोप छ। शिक्षककहरूलाई पञ्चायतकाल भन्दा पनि अंकुश लगाउने गरी ऐन प्रस्तुत भएको महासंघ राष्ट्रिय समिति अध्यक्ष कमला तुलाधरको आरोप छ । ऐनमा संघ सरकारले शिक्षकको तलब भत्ता सुनिश्चित गरे पनि दरबन्दी मिलानका क्रममा पालीकालाई अधिकार दिइएको भन्दै उनले आपत्ति जनाइन् ।

'हामी बाध्य भएर सडक आन्दोलनमा जाँदैछौँ । हामीले सदन र सडकबाट आन्दोलन लैजान्छौँ । हाम्रा मागहरू सम्बोधन नहुँदासम्म आन्दोलनलाई विश्राम गर्दैनौँ । अब हाम्रो आन्दोलन अघि बढ्यो,' उनले भनिन्, 'पञ्चायतकालभन्दा पनि बढी पेशागत संघ संगठन खोल्न, सभा, भेला, जुलुस गर्न नपाउने ढंगले यो ऐन प्रस्तुत भएको छ । त्यस्ता बुँदाहरू प्रतिगामी छ, डिलिट हुनुपर्छ ।'